ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन ओटा कम्पनीले गरे लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ भदौ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ २२, काठमाडौं । गत आवको मुनाफाबाट तीन ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । समता लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

यी तीन कम्पनीहरुमध्ये सबैभन्दा बढी समता लघुवित्तले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अघिल्लो आवमा कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स कम्पनीले अघिल्लो आवमा १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने यस वर्ष ९ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको लाभांश घटेको छ । 

अघिल्लो आवमा कुल १७ दशमलव ८९४७ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले गत आवको मुनाफाबाट कुल १३ दशमलव ६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

त्यसैगरी आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अघिल्लो आवमा कुल २५ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट भने कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यी कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कोरोना भाइरसका कारण हरेक क्षेत्र प्रभावित भइरहँदा वित्तीय संस्थाहरुमा पनि यसको ठूलो असर परेको छ । सोही कारण कम्पनीहरुको आम्दानी घटेसँगै यीनीहरुले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांशमा पनि प्रभाव परेको देखिन्छ । 

                                                                                     स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)