ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुक विल्डिङ प्रणालीमा सहभागि हुुन ५७ ओटा कम्पनीले दिए निवेदन 

२०७७ असोज, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असोज ११, काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनमा सहभागि हुन ५७ वटा संस्थागत लगानीकर्ताले आवेदन दिएका छन् ।

 नेपाल धितोपत्र बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न भनेसँगै ५७ ओटा कम्पनीले आवेदन दिएका हुन् ।

बोर्डको मापदण्ड अनुसार कागजजात पुगेका ती कम्पनीलाई एक साताभित्रमा स्वीकृती दिने तयारी भएको सहायक प्रवक्ता रुपेश केसीले बताए । उनका अनुसार आवेदन प्राप्त भएका कम्पनीहरुको आवेदन जाँचबुझ गरी अपुग कागजात साथ निवेदन दिएका कम्पनीहरुलाई थप कागजपत्र माग्ने कार्य भइरहेको छ ।

हालसम्ममा सूचीकृत मर्चेण्ट बैंकर, सामुहिक लगानी कोषका योजनाहरु, सूचीकृत कम्पनीहरुले आवेदन दिएको उनले जानकारी दिएका छन् । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ मार्फत निष्कासन हुने आईपीओमा सहभागि हुन पाउनेछन् ।

उक्त प्रणालीमा सहभागि हुुन धितोपत्र बोर्डबाट स्वीकृती पाएका संस्थागत लगानीकर्ता, सूचीकृत संघ सस्था, सामुहिक लगानी कोष, मर्चेण्ट बैंकर र मान्यता प्राप्त अवकास कोष मात्र योग्य हुनेछन् । 

बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक विल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ ।

साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्नको लागि साधारण सभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तपूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ ।  रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । 

बुक विल्डिङ बिधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरुलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था रहेको छ । 
   के हो त बुक विल्डिङ ?

वास्तवमा आईपीओमा बुक विल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्नु हो । यो बिधि एक प्रकारको लिलामी प्रक्रिया हो । बुक विल्डिङ प्रणालीमा कम्पनीले सार्वजनिक  निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सिमित लिलामी गरिन्छ ।

 र त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्कासन गर्दा मूल्य निर्धारण गरिन्छ । मानौ कुनै कम्पनीले १० लाख कित्ता शेयर आईपीओ जारी गर्न लागेको छ भने कम्पनीले त्यसमा २ लाख कित्ता बुक विल्डिङ मार्फत विक्री गर्न आह्वान गर्न सक्छ ।

त्यसमा सबैभन्दा बढी कुन मूल्यमा सबै २ लाख कित्ता विक्री हुन सक्छ त्यो हेरिन्छ र त्यही मूल्यमा आईपीओ जारी हुन्छ ।  


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)