ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राथमिक बजारमा नयाँ लगानीकर्ताको आकर्षण, एक महीनामा करीब २ लाख डिम्याट खाता थपियो

डिम्याट खाता खोल्नेको संख्या २० लाख नाघ्यो

२०७७ असोज, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असोज २६, काठमाडौं । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै यो खाता खोल्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार हाल डिम्याट खाताको संख्या २० लाख ७३ हजार १६८ रहेको छ । पछिल्ला एक महीनामा मात्र करीब २ लाख जनाले यो खाता खोलेको सिडिएससीले जानकारी दिएको छ । 

पछिल्लो समय धितोपत्र बजारमा नयाँ कम्पनीहरुले आईपीओ निष्कासन गरेसँगैै डिम्याट खाताको संख्या बढेको सिडिएससीको भनाइ छ । पछिल्लो एक महिनामा नयाँ इन्स्योरेन्स कम्पनीहरुले धमाधम आईपीओ विक्री गरिरहेक छन् । 

केहि वर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्कासनमा  अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएबाट पनि डिम्याट खोल्ने क्रम बढेको हो । 
प्राथमिक तथा दोस्रो धितोपत्र बजारनै पूर्ण अनलाईन प्रणालीमा गएको यो अवस्थामा मेरो शेयर लिने पनि १० लाख पुगिसेको सिडीएससीका प्रबक्ता शुरेश न्यौपानेले बताए । 

पछिल्लो समयमा प्रथामिक बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश उत्साहजनक रहेको पाइएको छ ।प्राथमिक बजारमा निष्कासनमा आउने शेयरमा पछिल्लो समय ८ लाखभन्दा बढीको आवेदन पर्न थालेको छ । असोज २५ गते विक्री बन्द भएको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा ८ लाख ८३ हजारभन्दा बढीले आवेदन दिएबाट नै डिम्याट खोल्ने व्यक्तिहरुको संख्या बढ्दे गएको स्पष्ट हुुन्छ ।

प्रविधिको विकाससँगै पछिल्लो कम्पनीले जारी गरेको आईपीओ बाँडफाँट गरेको केहिदिनभित्रे नेप्सेले आईपीओ सूचीकृत गर्दै आएको छ । गत असोज २६ गतेमात्र जनरल इन्स्योरेन्स कम्पनीले १ करोड कित्ता आईपीओ सूचीकृत गरेको छ । यो आईपीओ कम्पनीले असोज ११ देखि १४ गतेसम्म विक्री गरी असोज २० गते बाँडफाँट गरेको थियो ।

असोज २७ गतेदेखि यो शेयर दोस्रो बजारमा खरीदविक्री गर्न सकिने छ । प्रतिशेयर रू. १०० लगानी गरेका लगानीकर्ताका लागि उक्त कम्पनीको पहिलो कारोबार रू. ३०५ भन्दा माथिबाट खुल्ने गरी नेप्सेले मूल्य तोकिदिएको छ । 

धितोपत्र बजारमा पछिल्लो समय दोस्रो बजारमा राम्रो मूल्य कामय भएका बीमा कम्पनीहरुको आईपीओ आउन थालेपछि नयाँ लगानीकर्ताहरुको पनि प्रवेश बढेको छ । नयाँ इन्स्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिला अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको थियो । 

उक्त कम्पनीले निष्कासन गरेको आईपीओमा ५ लाखभन्दा बढीले आवेदन दिएका थिए । कम्पनीले असार २५ गते देखि २९ गते आईपीओ निष्कासन गरेको थियो । यसरी हेर्दा तीन महीनामा करीब ४ लाख जनाले डिम्याट खाता खोलेको देखिन्छ । 

धितोपत्र बजारमा नयाँ इन्स्योरेन्स कम्पनीसँगै चन्द्रागिरी हिल्स र डिस होम जस्ता कम्पनीहरुले पनि आईपीओ निष्कासन गर्ने तयारी गरेकाले डिम्याट खाता खोल्नेको संख्या अझै वृद्धि हुने लगानीकर्ताहरु बताउँछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)