ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गंगा ब्रान्डका दुग्धजन्य उत्पादन बजारमा

२०७७ कार्तिक, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । २८ वर्षदेखि सञ्चालनमा रहेको भरतपुर महानगरपालिका वडा–२२ को गंगानगर दुग्ध उत्पादक सहकारी लिमिटेडले शनिबारदेखि दूध उत्पादन सुरु गरेको छ ।

गुणस्तरीय र स्वस्थ उत्पादन सहज रुपमा घरघर पु¥याउने उद्देश्यले सहकारीले दूध उत्पादन  थालेको होे । शनिबारदेखि दूध उत्पादन र वितरण सुरु गरिएको संस्थाका व्यवस्थापक रामप्रसाद सापकोटाले  जानकारी दिए । पोलिसिल्ड प्याक, दही, पनिर नौनी र आइसक्रिम उत्पादन गरेको छ ।

किसानको दूध खेर नजाओस् भन्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको व्यवस्थापक सापकोटाले बताए । ‘यसअघि पटक–पटक दूध बिक्री नभएर फाल्नुप¥यो’, उनले भने, अब यस अवस्थाको अन्त्य भएको छ ।’ उनका अनुसार दुग्ध विकास बोर्ड बाग्मती प्रदेशको ५१ लाख रुपैयाँ र सहकारीको गरी १ करोड ७५ लाख रुपैयाँमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

उद्योगले हाल काठमाडौंसहित चितवन गरी १८ ठाउँमा आफ्ना उत्पादन बिक्री गर्ने बताएको छ ।  संस्थाका अध्यक्ष सापकोटा उपभोक्तालाई मिसावटरहित सस्तोमा दुध उपलबध गराउन उत्पादन सुरु गरिएको बताउँछन् । चितवन दुध उत्पादनको हब भए पनि हाल कोरोना संक्रमण र पशुमा लागेको लम्पी स्किन रोगका कारण किसान दोहोरो मारमा परेको अध्यक्ष सापकोटाको भनाइ छ । स्थानीय कृषक पदमलाल आचार्य ४० वर्षदेखि दुध बेच्दै आए पनि बिक्री नभएर कैयौंपटक गोठमा र बाटोमै  फ्याँक्नुपर्ने अवस्था हट्ने आशा पलाएको बताउँछन् । ‘आँगनअगाडि दूध उद्योग खुलेको छ । अब जति दुहे पनि खेर जाँदैन होला,’ उनले भने । बाग्मती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शरण पाण्डेले सहकारीसँग सहकार्य र समन्वय गरी दूधको उत्पादन बढाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष लीलावल्लभ सापकोटाले अब यहाँका किसानको दुःख र संकट हट्ने विश्वास व्यक्त गरे । ०४९ मा स्थापना भएको सहकारीले हाल दैनिक ५ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ । सहकारीमा हाल ६ सय १ किसान आबद्ध छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)