ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघमा चुनावी चटारो : प्रधान समूहको उम्मेदवारीपछि ढकाल प्यानलले बढायो सक्रियता

२०७७ कार्तिक, १९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । भवानी राणाको कार्यकाल सकिएको ८ महिना बितिसक्दा पनि कोभिडका कारण साधारणसभा हुन नसक्दा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण हुन सकेको छैन ।

गत वर्ष चैत अन्तिममा महासंघको साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्ने तयारी गरिएपनि कोभिडको संक्रमण बढेपछि महासंघको साधारणसभाको मिति सर्दै आएको थियो ।

आन्तरिक दबाब बढेपछि महासंघले कोभिडको संक्रमणकै बीचमा चुनाव गर्न सकिने मोडालिटी बनाएर मंसिर दोस्रो साता साधारणसभा र चुनाव पक्का गरेको छ ।

सरकारसँग अनुमति लिएर मंसिर ११÷१२ मा महासंघले काठमाडौंमा साधारणसभा र १३ गते नै नयाँ नेतृत्वका लागि चुनाव गर्दै छ ।

महासंघमा गोल्छाको अध्यक्ष पद  पक्का भएकामा वरिष्ठ उपाध्यक्षसहित अन्य ३ उपाध्यक्ष र सदस्यका लागि चुनाव हुँदै छ । वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनाव लड्दै छन् । सोमबार मात्र किशोर प्रधान प्यानलले ललितपुरमा भव्य कार्यक्रम गरी प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

प्रधान प्यानलबाट वस्तुगततर्फ अन्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नै वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएकामा प्रधानले प्यानलसहित उम्मेदवारी दर्ता गराएकै दिन आफ्ना उम्मेदवारसँग अन्तरक्रिया गरेका थिए । प्रधान प्यानललाई महासंघका वर्तमान अध्यक्ष, उपाध्यक्षसहित संस्थापकको साथ रहेपछि आफूहरूलाई चुनाव जित्ने दबाब परेको भन्दै ढकालले रणनीति बनाएर अघि बढ्न आफ्ना उम्मेदवारलाई सुझाएका थिए ।

ढकालले मंगलबार पत्रकार सम्मेलन गरी अन्तरक्रिया गरेका छन् । मंगलबार आफ्नो प्यानलबाट ३ उपाध्यक्षसहित सदस्यहरूको उम्मेदवारी दर्ता गराउँदै ढकालले अर्थतन्त्र जटिल अवस्थामा पुगेकाले अबको नेतृत्व सक्षम हुनुपर्ने बताए ।

महासंघ नेतृत्वमा पुग्ने व्यावसायिक नेटवर्कसहितको सफल व्यवसायी हुनुपर्नेमा उनले जोड दिए  । ढकाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराए ।

छोटो समयमा उद्योग वाणिज्य क्षेत्रमा पकड बनाएका उनले उद्योग वाणिज्य क्षेत्रको उत्थानका लागि आफूले काम गर्न सक्ने दाबी दोहो¥याए । ढकालले भने, ‘हामी उद्योगलाई प्रवर्द्धन गर्ने गरी नीतिगत सुधार गरेर निजी क्षेत्रका लागि काम गर्ने गरी आएका छौं ।’

नेतृत्व सम्हाल्ने तयारीमा रहेका गोल्छाले प्रधान वरिष्ठ उपाध्यक्ष भए मात्र आफूले सोचेअनुसार काम  गर्न सक्ने बताइसकेका छन् । आगामी अध्यक्षले नै प्रधान प्यानललाई साथ दिइरहेकामा ढकाल प्यानललाई त्यसको दबाब परेको छ । दुवै पक्षले आफ्ना सम्भावित भोटसम्म गनेर महासंघका सदस्यसँगको भेटवार्ता बढाएका छन् । चुनावका लागि अब एक महिनाभन्दा कम समय रहेकाले दुबै पक्षले कोभिड समयमा पनि सदस्यहरूसँग भेटवार्ता बढाएर भोटका लागि आग्रह गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)