ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणपत्र निष्कासनमा बैंक तथा वित्तीय कम्पनीहरूको जोड

१ करोड ५२ लाख कित्ता पाइपलाइनमा, १६ लाख कित्ता विक्रीमा रहँदा ८० लाख कित्ता विक्रीको तयारी

२०७७ मंसिर, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्कासन प्रक्रिया बढ्दै गएको छ । दीर्घकालीन पुँजीको रुपमा संकलन गर्न सकिने यो प्रक्रियालाई वाणिज्य बैंकहरूले मात्र हैन, विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि प्राथमिकताका साथ अघि बढाएका छन् ।

हाल बैंक अफ काठमाण्डूको ऋणपत्र विक्रीमा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएर निष्कासन गर्न बाँकी तीन कम्पनीमध्ये बैंक अफ काठमाण्डूले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको १६ लाख कित्ता ऋणपत्र मंसिर २४ गतेदेखि विक्री खुला गरेको हो ।

बैंक अफ काठमाण्डूसँगै सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ४० लाख कित्ताका दरले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाइसकेका छन् । सानिमा बैंकले पुस १ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको छ भने मंसिर १८ गते बोर्डको स्वीकृति पाएको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि पुसभित्रै विक्री गर्ने तयारी रहेको जानकारी दिएको छ ।

धितोपत्र बजारमा औजारहरू थप गर्ने क्रममा ऋणपत्रलाई पनि सरकारी तवरबाटै प्राथमिकतामा राखिएको छ । यस वर्षको सरकारी नीति तथा कार्यक्रममा पनि धितोपत्र दोस्रो बजारमा ऋणपत्रको बजार विस्तारलाई जोड दिइएको छ ।

हाल दोस्रो बजारमा सूचीकृत भए पनि ऋणपत्रको कारोबार भने नियमित हुन सकेको छैन । ऋणपत्रको खरिद विक्रीका लागि पनि स्पष्ट नीति आवश्यक रहेको लगानीकर्ताहरूको भनाइ छ ।

निर्धारित अवधिसम्म निश्चित ब्याजदरका लागि खरिद गरिएको ऋणपत्रको दोस्रो बजारमा कारोबारका लागि थप नीतिगत व्यवस्था आवश्यक रहेको लगानीकर्ता डम्बरुबल्लव घिमिरे बताउँछन् । साथै, ऋणपत्रबारे आम लगानीकर्तामा थप जानकारीको समेत आवश्यकता रहेको घिमिरेको भनाइ छ । जसरी शेयरलाई सहज तरिकाले बुझेर लगानीकर्ताहरूले कारोबार गरेका छन्, सोहीअनुसारको कारोबारका लागि ऋणपत्रको बुझाइ हुन आवश्यक रहेको घिमिरेको सुनाउँछन् ।

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ब्याजदर घटबढ भइरहने अवस्थामा यिनै संस्थाबाट जारी ऋणपत्रको ब्याजदर निश्चित हुने भएकाले पनि यसप्रति लगानीकर्ताहरू आकर्षित भएका छन् । सँगै धितोपत्र दोस्रो बजारमा पनि सहज तरिकाले कारोबार गर्न पाउने व्यवस्था ल्याउन लागेको अवस्थामा ऋणपत्रको बजार विस्तारको सम्भावना बढेको देखिन्छ ।
हाल बोर्डमा सात कम्पनीले १ करोड ५२ लाख कित्ता ऋणपत्र विक्रीको अनुमति माग्दै निवेदन दिएका छन् । पाँच वाणिज्य बैंकसँगै एक विकास बैंक र एक फाइनान्स कम्पनीले उक्त कित्ता ऋणपत्र विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।

यी कम्पनीहरूले बढीमा १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने तयारी गरेका छन् । सात कम्पनीमध्ये एनसीसी बैंकले सबैभन्दा बढी ब्याजदर १० दशमलव ५ प्रतिशतको १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने तयारी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)