ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राथमिक शेयर बजारमा विद्यार्थीको आकर्षण बढ्दै

२०७७ चैत, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

चैत ७, काठमाडौं । पछिल्लो समय शेयर बजारमा विद्यार्थीको आकर्षण बढ्दो छ । प्राथिमक बजारबाट पनि छोटो समयमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि शेयर बजारप्रति विद्यार्थीको आकर्षण बढेको हो । 

विद्यार्थीहरुले पकेट खर्च बचाएर किनेको प्राथमिक शेयरलाई दोस्रो बजारमा खासै खरीदविक्री गर्ने गरेको पाइदैन । चाहे अभिभावकले दिएको पैसा होस वा खर्च कटौती गरेर होस उनीहरुले विभिन्न कम्पनीले खुला गरेको आईपीओ नछुटाइकन भर्ने गरेका छन् । जसका कारण पनि प्राथमिक बजारमा आईपीओ भर्ने विद्यार्थीहरुको  संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।

पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चकर बैंकले आईपीओ निष्कासन गरेयता प्राथमिक बजारमा आईपीओ भर्नेको संख्या पनि बढेको देखिन्छ । केहि वर्ष अघिसम्म काठमाडौंमा  मात्र सिमित रहेको शेयर बजारको कारोबार यतिखेर दूरदराज गाउँ -गाउँसम्म पुगेको छ ।

जसको पुष्टि डिम्याट खाताको संख्या बढ्दै जानुले पनि हुन्छ । सीडीएससी एण्ड क्लियरेनस लिमिटेडका अनुसार शुक्रवारसम्ममा डीम्याट खोल्नेको संख्या ३२ लाख २६ हजार १११ पुगेको छ । 

आफ्नो खाजा खर्च जोगाएर गरेको रू. १ हजारको लगानीबाट एक महीनामानै ५ देखि ९ हजार रुपैयाँसम्म पुग्ने भएकाले पनि  विद्यार्थीहरुको आकर्षण प्राथमिक शेयर बजारप्रति बढेको हो । त्यसो त कतिपय बीबीएए र एमबीएमा अध्ययनरत काठमाडौंको विभिन्न क्याम्पसका विद्यार्थीहरुले समूह नै बनाएर पनि लगानी गर्ने गरेको पाइन्छ । 

पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको आईपीओ माग गरे बमोजिम १० कित्तादेखि ५० कित्तासम्म सवैजसो लगानीकर्ताले माग बमोजिम नै  पाएका थिए । जुन शेयर दोस्रो बजारमा विक्री गर्दा  पनि अध्ययनरत विद्यार्थीलाई धेरै सहयोग पुगेको छ । उक्त कम्पनीको शेयर मूल्य एक महीनाभित्रमा नै प्रतिकित्ता रू. ७२६ सम्म पुगेको थियो । 

कम्पनीको ५० कित्ता शेयर परेको बताउँदै एक जना विद्यार्थीले एक महीनामा रू. ५ हजार लगानी  गरेर रू. ३५ हजारभन्दा बढी नाफा कमाएको बताएका छन् ।
पश्चिमाञ्चल इञ्जिनीयर क्याम्पस पोखरामा अध्ययनरत विनिता शर्माले सोही कम्पनीको शेयर विक्री गरेर आफ्नो एक सेमेस्टरको पैसा बुझाएको बताइन् । उनले नेपाल पुनर्बीमा कम्पनीले  निष्कासन गरेको आईपीओ भरेर शेयर बजारमा प्रवेश गरेको बताइन् ।

उनले भनिन् आईपीओ भरेर विक्री गरेको रकमले पनि आफूलाई पढाइको खर्च चलाउन धेरै सहयोग पुगेको छ । उनले पहिला काठमाडौंमा बस्दा शेयर बजार बारे सामान्य ज्ञान लिएकी थिइन् । पछिल्लो समय बजारमा बुलिश ट्रेण्ड भएकाले आफ्नो पोर्टफोलियो बढ्दै गएको पनि उनले सुनाइन् । 
उनले अहिल्यै नै दोस्रो बजारको शेयर खरीद गर्ने  मनस्थिति भने  नबनाएको  बताइन् । 

काठमाडौंस्थित मनमैजु बस्ने सदिक्षा कणेंल अहिले एमबीए पहिलो वर्षमा अध्ययन गर्दैछिन् । उनी विगत ४ वर्षदेखि प्राथमिक शेयर बजारमा लागेकी हुन् । शुरुमा उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपीओ भरेकी थिइन् । त्यसपछि  उनले विभिन्न समयमा आएका कम्पनीहरुको आईपीओ भर्दै आएकी छन् । दोस्रो बजारमा कारोबार गर्न लागेको भने डेढ वर्ष भयो ।

उनी भन्छिन्, ‘त्यति धेरै दोस्रो बजारमा खरीदविक्री गरेको त छैन । धेरैजसो दिर्घकालीन रुपमै लगानी गरेको छु । अहिलो मेरो पोर्टफोलियो ७ लाख रुपैयाँ जतिको भाको छ । विद्यार्थीहरुले शेयर बजारमा गरेको सानो सानो लगानीले आफुलाई चाहिने खर्चको जोहो गर्न सक्नछन् । मैले चाहीं भविश्यमा शेयर विक्री गरेर गाडी किन्ने सोच बनाएकी छु ।’

उनीमात्र होइन अधिकांश विद्यार्थीहरुको शेयर बजारप्रति आकर्षण र चासो नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेकोे आईपीओपछि बढेको छ । 

प्राथमिक बजारमात्र होइन दोस्रो बजारमा लगानी गर्नेहरुले कम्पनीको आधारभुत पक्ष राम्रोसँग केलाएर लगानी गरेमा बजार ट्रेण्ड अफ एण्ड डाउन जे भएमा दिर्घकालीन रुपमा राम्रो प्रतिफल पाउन सक्ने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)