ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा हस्पिटालिटी तालीम

२०७८ बैशाख, ५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । काठमाडौंमा सम्पन्न हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी दोस्रो चरणको तालिम चितवनमा सम्पन्न भएको छ । शुक्रवारदेखि नारायणगढमा सञ्चालन गरिएको दुईदिने तालीमको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले गरेका हुन् ।

तालीममा नवलपुर होटल व्यवसायी संघका प्रतिनिधि, मकवानपुर होटल एशोसिएशनका प्रतिनिधि, मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघका प्रतिनिधि, चितवन होटल व्यवसायी संघका  प्रतिनिधि,  होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधिलगायत होटल व्यवसायीले प्रशिक्षण लिएका थिए ।  

दुई दिनसम्म सञ्चालन भएको तालिममा हस्पिटालिटीसम्बन्धी पाँचओटा विषयमा पर्यटन बोर्डका प्रशिक्षकहरूबाट तालीम प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बोर्डका कार्यकारी निर्देशक डा. रेग्मीले नेपालका होटलहरूमा हस्पिटालिटी म्यानेजमेन्ट कमजोर रहेको भन्दै यस्ता तालीमले व्यवस्थापन गर्न थप मद्दत पुग्ने बताए । विगतका दिनमा ठूला होटललाई मात्र समेटर बोर्ड अघि बढे पनि हालका दिनमा  साना तथा मझौला होटल व्यवसायीलाई बोर्डले समेट्दै गएको उनले जानकारी दिए ।

कार्यक्रममा  भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले होटल व्यवसायी महासंघ नेपालले ल्याएको प्रस्तावलाई महानगरपालिकाले सदैव साथ दिइरहेको बताइन् ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्योग संघले ६० हजार वर्गफिटमा प्रदर्शनी केन्द्र निर्माण गरेको र यसमा व्यवसायीले विभिन्न किसिमका प्रदर्शनी, मेला गरी पर्यटन प्रवर्द्धन गर्न सक्ने बताए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हीराध्वज शाहले पर्यटन प्रवद्र्घन गर्न महासंघले विभिन्न सरकारी निकायसँग समन्वय गरिसकेको र आगामी दिनमा व्यवसायीकै सल्लाहबमोजिम सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)