ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे सुरुङको परीक्षण शुरु

२०७८ बैशाख, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

वैशाख, १९, दोलखा । बहुचर्चित ४५६ मेगावाट(मेवा) क्षमताको राष्टिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको परीक्षण शुरु गरिएको छ । शनिवार दिउँसोबाट  सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिएको हो । 

आयोजनाले गत वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने तथा वैशाख १२ गतेबाट सुरुङमा पानी पठाई परीक्षण गरीने जानकारी सार्वजनिक गरेतापनि शनिवार दिउँसोबाट सुरुङमा पानी पठाउन सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । 

सुरुङको परीक्षण सम्पन्न गर्न करीब १०/ १२ दिन जति लाग्ने आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि पेनस्टकको तथा अन्य आवश्यक परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।  

सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ ।

वैशाख अन्तिम सम्ममा छ ओटा मध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । 

आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ । 

यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ । 

फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)