ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सि आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति लिन्छन् शुल्क ?

 २७ ओटा वाणिज्य बैंकमध्ये १० ओटा बैंकबाट आईपीओमा नि : शुल्क आवेदन गर्न सकिने

२०७८ असार, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

 असार १९, काठमाडौं । सि आस्बा सेवा दिएवापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्दछन् । 

सि आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंक तथा वित्तीय  संस्थाले फरक - फरक शुल्क लिएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् । तर कतिपयले भने सो सेवा नि : शुल्क रुपमा दिंदै आएका छन् ।

२७ ओटा वाणिज्य बैंकमध्ये १० ओटा बैंकले सि आस्बाबाट आईपीओ भर्दा नि : शुल्क गर्दै आएका छन् भने बाँकीले शुल्क लिने गरेका छन् ।  उक्त सेवावापत सबैभन्दा बढी अर्थात् स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ । उक्त कम्पनीबाट आईपीओमा आवेदन दिएपिच्छेनै रू. १०० शुल्क लिएको गुनासो सामाजिक सञ्जालमा व्यापक रुपमा आउने गरेको छ ।

यद्यपि यो शुल्क प्रचलित नियमभित्र नै रहेको देखिन्छ । बाँकी अन्य बैंकले पनि रू. १० देखि २५ सम्म यस्तो शुल्क लिएको पाइन्छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकले सि आस्वा शुल्क दिएवापत २५ रुपैयाँ शुल्क ग्राहकको खाताबाट काट्ने गरेका छन् ।

 पछिल्लो समय विभिन्न कम्पनीले जारी गर्ने आईपीओप्रति सर्वसाधारणको आकर्षण उच्च रहेको छ । कतिपय बैंकहरुले भने आफ्ना ग्राकहहरुलाई सुविधा पुर्‍याउन र  बैंकप्रति आकर्षित गर्नका लागि निः शुल्क आस्बा सेवा दिंदै आएका छन् । 

सिडिएससीका अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ३६ लाख ३१ हजार ५९८ पुगेको छ । यसमध्ये करीब २१ लाख लगानीकर्ताले आईपीओ भर्दै आएका छन् ।  केहि दिन अगाडिमात्र जीवन विकास लघुवित्तको आईपीओमा करीब २१ लाख जना सर्वसाधारणले आवेदन दिएका थिए । आईपीओमा उच्च संख्यामा आवेदन पर्न थालेसँगै नि :शुल्क सेवा दिंदै आएका केही बैंकहरुले पनि ग्राहकबाट शुल्क लिन शुरु गरेका छन् । 

नेपाल धितोपत्र बोर्डले ल्याएको आस्वा निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरीद सम्वन्धी सुविधा उपलब्ध गराए वापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान रहेको छ । बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन शुरु गर्नुभन्दा कम्तीमा तीन दिन अघि लिने शुल्कको बारेमा दैनिक पत्रिका वा कार्यालयको सूचना पाटीमा, वेबसाइटमा सर्वसाधारणहरुलाई जानकारी गराउनपर्ने प्रावधान रहेको छ ।

तर बैंकहरुले लिने शुल्क भने  सार्वजनिक गर्ने गरेका भने छैनन्  । उनीहरुको वेबसाइटमा कहीं कतै उल्लेख गरेको पनि देखिदैंन । यद्यपी कम्पनीहरुले यो शुल्क आईपीओ परेपनि नपरेपनि आवेदन दिएपिच्छेनै ग्राहकको खाताबाट काट्ने गर्दछन् । 

आईपीओमा आवेदन दिएपिच्छेनै रकम काटिने व्यवस्थालाई परिवर्तन गरेर आईपीओ परेको खण्डमा शुल्क लिन र नपरेको खण्डमा  शुल्क नलिने व्यवस्था ल्याउन लगानीकर्ताले माग गर्दै आएका छन् ।
आईपीओ शुल्क लिने र नलिने वाणिज्य बैंकहरु :

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [5]
User Image

Dhal bahadur dhungel

[Jul 5, 2021 04:39am]

सिआस्पा प्रोयग गरेर सर परो सुलक लिने नभय नलिने गर्नु पर्छ ।


User Image

धर्मलाल शर्मा

[Jul 4, 2021 10:11pm]

कमाउन कैलागि नभइ सेवामुखि भाव राख्नु परनेहाे।बैंक तथा बित्तिय संस्थाले।


User Image

Bishnu Prasad Devkota

[Jul 4, 2021 02:55pm]

शेयर नपरेको समयमा पनि चार्ज काट्नु न्यायचित भएन। यो त ती बैंक हरुको कमाउने उदेश्य भयो। आखिर निशुल्क गर्ने बैंक हरु पनि त रहेछन् । डिम्याट खाता खोल्दा यस्तो नियम छ भनेर कुनै भनिदैन तर पछि अप्लाइ गर्दा चार्ज काट्नु भनेको सरासर ग्राहक ठग्ने र कमाउने नियत हो।


User Image

Mukti Pd Chapagain

[Jul 4, 2021 01:08am]

आइ पि ओ भर्ने बित्तिकै शुल्क लिनु भन्दा परेकोमा रकम पाउने बेलामा मात्र शुल्क लिन पाउने व्यवस्था मिलाउन धितोपत्र वोर्डको ध्यानाकर्षण गराउदछु।


User Image

Bishal Rai

[Jul 3, 2021 05:48am]

Ipo paros na paros charge chai.... Anyway thanks for the information! Keep supporting



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)