ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वितरणयोग्य नाफाको आधारमा वाणिज्य बैंकको लाभांश क्षमता : सूचीकृतमध्ये नबिल बैंकको सर्वाधिक

२०७८ भदौ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

भदौ १, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफाको आधारमा २७ ओटा वाणिज्य बैंकहरुको लाभांश क्षमता औषतमा १४ दशमलव ९७ रहेको छ । 

बैंकहरुले सार्वजनिक गरेका उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरणहरुको आधारमा यस्तो देखिएको हो । नेपालमा सञ्चालित २७ ओटा वाणिज्य बैंकहरुमध्य हाल राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वाणिज्य बैंक धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेका छन् । 

सूचीकृत कम्पनीहरुको शेयरधनीहरुको लागि बैंकहरुको लाभांश क्षमताले महत्व राख्ने गर्दछ । कम्पनीहरुले वितरणयोग्य नाफा सहित शेयर प्रिमियम, रिटेन्ड अर्निङ बापतको रकमबाट पनि शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने व्यवस्था छ । 

गत वर्ष २७ ओटा वाणिज्य बैंकहरुमध्ये धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकको लाभांश क्षमता सबैभन्दा बढी रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले वितरणयोग्य नाफाको आधारमा गत चौथो त्रैमाससम्म ४४ दशमलव ४० प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ । 

यस बैंकको गत चौथो त्रैमाससम्म रू.४ अर्ब ५२ करोड २४ लाखभन्दा बढी वितरणयोग्य नाफा रहेको छ । बैंकको चुक्तपूँजी भने रू. १० अर्ब १८ करोड ४८ लाख ९१ हजार छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ७९ करोड ५४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म बैंकको रिटेन्ड अर्निङ रू. ४ अर्ब ८७ करोड ८८ लाखभन्दा बढी र जगेडा कोष रकम रू. १५ अर्ब ११ करोड ८१ लाखभन्दा बढी रहेको छ ।

सूचीकृत २६ ओटा वाणिज्य बैंकमध्ये वितरणयोग्य नाफाको आधारमा मात्र नबिल बैंकको लाभांश क्षमता सबैभन्दा बढी रहेको छ । नबिल बैंकले वितरणयोग्य नाफाको आधारमा मात्र २९ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको हो । हाल रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार चुक्तापूँजी रहेको नबिल बैंकको विररणयोग्य नाफा रू. ४ अर्ब १४ करोड ६२ लाखभन्दा बढी रहेको छ । बैंकले साढे ४ अर्ब ५० करोड भन्दा बढी खुद नाफा आर्जन गरेको छ । 

सूचीकृत वाणिज्य बैंकहरुमध्ये धेरैजसो सूचकहरुमा अब्बल देखिएको नबिल बैंकले समीक्षा अवधिमा शेयर विक्रीबाट राम्रो आम्दानी गर्न सफल भएकाले खुद नाफामा पनि पहिलो नम्बरमा पर्न सफल भएको बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली बताउँछन् । यो सँगै लगानीकर्ता र सञ्चालक समितिको संस्थागत सुशासन प्रतिको प्रतिवद्धता, दशकौ लामो अनुभव सहितको व्यवस्थापन, कर्मचारीहरुको अथक मेहनत र नियामक र ग्राहकहरुको विश्वासका कारणनै नबिल बैंकले आफूलाई अग्रस्थानमा स्थापित गर्न सफल भएको ज्ञवालीको भनाइ छ । 

गत वर्ष नेपाल एसबिआई बैंकको लाभांश क्षमता सबैभन्दा कम देखिएको छ । रू. ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार चुक्तापूँजी रहेको यस बैंकको वितरणयोग्य नाफा रू. ३३ करोड ९२ लाख ५ हजार छ । वितरण योग्य नाफाको आधारमा मात्र बैंकले ३ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ । 

गत चौथो त्रैमाससम्म नेपाल एसबिआई बैंकले रू. ९६ करोडभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म बैंकको रिटेन्ड अर्निङ रू. ९० करोड ६२ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ४ अर्ब ९९ करोड ७७ लाखभन्दा बढी छ ।

वाणिज्य बैंकहरुको लाभांश क्षमता :


                                                                     स्रोतः बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)