ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना लगानीकर्ताका लागि म्युचुअल फण्ड फाइदाजनक

दोस्रो बजारमा म्युचुअल फण्डको २९ अर्ब बराबरको पूँजी परिचालन

२०७८ असोज, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असोज ३, काठमाडौं । कम पूँजी भएकाहरुका लागि सामुहिक लगानी कोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । 

शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डको वारेमा बुझौं र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्यचुअल फण्डमा लगानी प्रभावकारी हुने बताएका हुन् । 

कम पूँजी भएका, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ । 

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सुचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रबृत्ति बढ्दै गएकाले सहि सूचना आजको आवश्यकता रहेको समेत ढकालको भनाई छ  । दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा लगानी गर्नसमेत उनले सुझाब दिएका छन् । 

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाई नै दोहो¥याएका छन् । योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ । 

हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरुको रू. २९ अर्ब बराबरको पूँजी परिचालन रहेको जानकारी दिए । 

यी बाहेक चार ओटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिइसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाइ छ । म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आईरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे ।

म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भएपनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले झनै चनाखो भएर लगानी गर्नुपर्ने भनाइ उनको छ । 

सञ्चारकर्मिहरुको माध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सूचना सम्प्रेषण गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथी प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले अन्तराष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फण्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औंल्याएका छन् । 

म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरुलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष मोदनाथ ढकालले पनि दिर्घकालिन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पुर्‍याउन आवश्यक रहेको बताए । 
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट
 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)