ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रैराङ र रिडी हाइड्रोपावर मर्जर प्रक्रिया : चुक्तापूँजी १ अर्ब नाघ्ने 

२०७८ असोज, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असोज २८, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड मर्जरमा जाने तयारी गरेका छन् । 

पछिल्लो समय जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन हकप्रद शेयर निष्कासनलाई जोड दिइरहेको अवस्थामा यी दुई जलविद्युत् कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन् । मर्जर प्रस्ताव पारितका लागि रिडी हाइड्रोपावरले कात्तिक १२ गते २० औं र रैराङ हाइड्रोपावरले कात्तिक १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ ।

दुबै कम्पनीले मर्जर प्रस्तावसहित एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत नगद लाभांशसमेत यो वर्ष वितरण गर्न लागेका छन् । मर्जर प्रक्रियामा जाने भएकाले आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि दुबै कम्पनीले सभा मार्फत गराउने भएका छन् । 

साधारण सभा प्रयोजनका लागि रैराङ हाइड्रोपावर कम्पनीले कात्तिक ४ गते एक दिन र रिडी हाइड्रोपावरले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यी दुई कम्पनी मर्जरपश्चात चुक्तापूँजी रू. १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्नेछ । हाल रिडी हाइड्रोपावरको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार र रैराङ हाइड्रोपावरको चुक्तापूँजी रू. ५६ करोड रहेको छ ।

गत चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रिडी हाइड्रोपावरको खुद नाफा रू. ७ करोड २८ लाख ८१ हजार र रैराङ हाइड्रोपावरको खुद नाफा रू. ५ करोड ९० लाख १८ हजार रहेको छ ।

त्यस अवधिसम्म रिडी हाइड्रोको जगेडा कोष रकम रू. ७ करोड ३९ लाख २४ हजार र रैराङ हाइड्रोपावरको जगेडा कोष रकम रू. ७ करोड ५३ लाख ८१ हजार छ । मर्जर पश्चात कुल चालू सम्पत्ति रू. १७ करोड ४४ लाख ८४ हजार कायम हुनेछ भने कुल चालू दायित्व रू. २५ करोड ९ लाख १३ हजार हुनेछ ।

रिडी हाइड्रोपावरको गत चौथो त्रैमाससम्म कुल चालू सम्पत्ति रू. ६ करोड ९७ लाख ९२ हजार रहेको छ भने कुल चालू दायित्व रू. १३ करोड ८४ लाख १६ हजार छ । त्यस्तै रैराङ हाइड्रोपावरको कुल चालू सम्पत्ति रू. १० करोड ४६ लाख ९२ हजार छ भने कुल चालू दायित्व रकम रू. ११ करोेड २४ लाख ९७ हजार रहेको छ ।

चौथो त्रैमाससम्म रिडी हाइड्रोपावरले रू. १७ करोड ८७ लाख ५७ हजार कुल आम्दानी गरेको छ भने रैराङ हाइड्रोपावरको यो आम्दानी रकम रू.२४ करोड २७ लाख ५८ हजार छ । रिडी हाइड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक रू. १२ दशमलव ४५ रहेको छ भने रैराङ हाइड्रोको वार्षिक रू. १० दशमलव ५४ रहेको छ ।

                                              स्रोतः कम्पनीको चौथो त्रैमाससम्मको अपस्कृत वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)