ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो छ वित्तीय अवस्था :

२०७८ असोज, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असोज २८, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्रबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।  कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  

प्रधान कार्यलय कास्की पोखरा सिमलचौरमा रहेको यस कम्पनीले हालसम्ममा २० जिल्लामा लघुवित्त व्यवसाय प्रदान गर्दै आएको छ । कम्पनीले गत आवको चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा रू. १० करोड ४३ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ५ दशमलव ९४ गुणा वृद्धि भएको हो ।

अघिल्लो आवमा कम्पनीले रू. १ करोड ७५ लाख ५९ हजार खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीले रू. ६ करोड ९८ लाख ९१ हजार खराब कर्जा उठाउन सफल भएकाले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

अघिल्लो आवको कम्पनीले रू. ११ करोड ३८ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेकोमा गत आवमा वृद्धि भएर रू. २५ करोड ९५ लाख ७७ हजार पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. १६ करोड पुग्नेछ ।

                                                      स्रोत : कम्पनीले प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)