ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ? 

२०७८ असोज, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

असोज २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो । 

हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले भदौसम्म उक्त बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४१ प्रतिशतले बढी हो । 

गत आवको भदौसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालू आवको बीमा शुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले रु. ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. ३ अर्ब ३६ करोड बीमाशुल्क संकलन गरेको छ ।
कुन कम्पनीको कति बीमाशुल्क संकलन ? 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)