ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई महीनादेखि बजारमा छैन आईपीओ : २८ ओटा कम्पनी स्वीकृतिको पर्खाइमा 

२०७८ पौष, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

पुस १७, काठमाडौं । प्राथमिक बजारमा पछिल्लो समय आईपीओ निष्कासन हुन सकेको छैन ।

विगत दुई महीनादेखि आईपीओ निष्कासन नभएको हो । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पछि पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गते देखि ८ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरेको थियो ।

उक्त कम्पनीले असार ३१ गते बोर्डबाट आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएकाले कम्पनीहरुले आईपीओ निष्कासनका लागि स्वीकृति पाउन ढिलाई भइरहेको छ । 

धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा विभिन्न २८ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पखाइमा रहेका छन् । १८ ओटा जलविद्युत् कम्पनी, दुई ओटा बीमा कम्पनी, छ ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीहरुले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया लम्बिदा आईपीओको स्वीकृति प्रक्रियासमेत लम्बिएको छ । 

सरकारले धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो ।

सो पछि बोर्डमा अध्यक्ष पद रिक्त भएकोले समयमै आईपीओका लागि स्वीकृति दिन नसकिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी पुरा गरिरहेका गिरीले पाइपलाईनमा रहेका कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि प्रक्रिया अघि बढीरहेको समेत बताएका  छन् । 
अध्यक्ष हुँदा दैनिक रुपमा हुने काम पछिल्लो समय सञ्चालक समितिको बैठक हुँदा मात्र हुने भएकाले प्रक्रियामा ढिलाई भएको उनको भनाइ छ । यसअघि कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिंदा शर्त राखेर दिइने गरिएको थियो भने अब ती शर्त पुरा भएपछि मात्र दिने सञ्चालक समितिको निर्देशन बमोजिम काम भइरहेको समेत उनले जानकारी दिए । 
आईपीओको स्वीकृतिको पर्खाइमा डिस मिडिया नेटवर्कसमेत रहेको छ । उक्त कम्पनीद्वारा सञ्चालित डिसहोमले सर्वसाधरणका लागि रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ ।

सन् २००९ मा स्थापना भएको उक्त कम्पनी बिसं २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने कम्पनी हो ।उक्त कम्पनीको आईपीओ स्वीकृति प्रक्रिया समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियमसहित आईपीओ जारी गर्न निवेदन दर्ता गराएको छ । कम्पनीले अंकित मूल्यमा रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ जारी गर्न गत साउन १२ गते निवेदन दर्ता गराएको हो । आइएमई लाइफ इन्स्योरेन्सले भने अंकित मूल्यमै ६० लाख कित्ता आईपीओ विक्रीको लागि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको हो ।

रिलायबल लाइफको आईपीओ स्वीकृति प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ भने आइएमई लाइफको समिक्षा र टिप्पणी पठाइसकिएको अवस्थामा रहेको छ । धितोपत्र बोर्डमा आईपीओ विक्रीको स्वीकृति माग्नेमा धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)