ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

२०७८ पौष, २०  
मधेश प्रदेश विविध
Aarthik Abhiyan 18th Anniversary NA

महोत्तरी । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्ति सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपांगता भएकालाई अपांगता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।

बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको र कुनै पनि व्यक्तिको काम एक दिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उनले गुनासो गरिन् ।

बैंकले एक दिनमा २०/२५ जनालाई मात्रै भत्ता बाँड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुगेका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आए पनि पाउन नसकेको गुनासो गरे । घण्टौं लाइनमा बसे पनि काम नहुँदा रित्तै फर्किनुपरेको उनले सुनाए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)