ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?

२०७८ माघ, २२  
प्रविधि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

माघ २२, काठमाडौं । केहि महीना अघिमात्र प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको खुद नोक्सानी बढेर वर्ष सन् २०२१ को अन्तिम त्रैमासमा ७७८ करोड भारुतीय रुपया(भारु) पुगेको छ ।

जवकि कम्पनी अघिल्लो आर्थिक वर्षमा ५३२ करोड रुपया नोक्सानीमा थियो । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो आईपीओमा २ अर्ब ५० करोड डलर उठाएको थियो । आईपीओ जारी गरी मुम्बई स्टक एक्सचेञ्ज(बीएसई) मा सूचीकृत पछि गत सेप्टेम्बरमा जारी अर्को त्रैमासमा भने कम्पनी ४८२ करोड खुद नोक्सानीमा थियो ।
कम्पनीको शेयर मूल्यको वस्तुस्थिति

आईपीओ जारीपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले सामान्य मूल्य मात्र वृद्धि भएको अवस्था छ । कम्पनीको शेयरमूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । र योक्रम पछिसम्म गरेर कम्पनीको शेयरमूल्य ४० प्रतिशले घटेको थियो ।

तर अहिले पनि कम्पनीको शेयरमूल्य अझै पनि अंकित मूल्यभन्दा ५० प्रतिशतले कम नै छ । कम्पनीको शेयरमूल्य अलटाइम न्यूनतम विन्दु प्रतिकित्ता ८७५ दशमलव ७५ भारु र अलटाइम उच्च विन्दु १ हजार ९६१ दशमलव शून्य ५ भारु रहेको छ । 

हाल कम्पनीको शेयरमूल्य स्टक मार्केट डेब्यूपछि शून्य दशमलव ९१ प्रतिशतले बढेर प्रतिकित्ता ९५३ दशमलव २५ भारु पुगेको छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ ।

उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतका लगानी रहेको छ । कम्पनीको आईपीओ अगाडि नै भारतीय कम्पनीहरुले आईपीओमार्फत १० अर्ब ५० करोड डलर उठाइसकेका छन् । 

कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र  व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ ।

मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धालगायत तत्वका कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । अहिले कम्पनीमा १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्  ।

वन ९७ कम्युनिकेशनका मालिक विजय शेखर शर्माले सन् २०१० को अगस्टमा भारतको राजधानी दिल्लीमा विद्युतीय माध्यमका उपकरणबाट भुक्तानी तथा ट्रान्सफरको कारोबार सञ्चालन गरी नगद कारोबारलाई कम गराउने उद्देश्यबाट पेटीएम प्रालि २ मिलियन अमेरिकी डलरको लगानीमा स्थापना गरेका थिए । 

के शिक्षा लिने ?

आधुनिक विद्युतीय माध्यमबाट गरिने कारोबार सहज र सुरक्षित रूपमा सञ्चालन गर्न धेरै लगानी गर्नुपर्छ । तर, यसलाई कम आम्दानी हुने व्यावसायका रूपमा लिइन्छ । विद्युतीय कारोबारको पहुँच विस्तारमा रणनीतिक कमजोरी हुँदा कम्पनीले आशा गरेअनुरुप नाफा गर्न नसकी घाटा व्यहोरिरहेको छ ।

नेपालमा वालेटमार्फत गरिने कारोबार भने भर्खरै मात्र भुक्तानी प्रणाली शुरू भएको छ । केन्द्रीय बैंकले पछिल्लो समयमा विद्युतीय माध्यमबाट गरिने कारोबारलाई गैरबैंकिङ क्षेत्रबाट समेत सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी सञ्चालन स्वीकृति प्रदान गरेको छ ।

नेपालमा अनुमतिप्राप्त केही कम्पनी केन्द्रीय बैंकले अख्तियार गरेको नीतिअनुरूप कारोबार विस्तार गर्न सफल भएको पनि देखिएको छ । । तर, अन्य कम्पनी भने शुरुवाती विन्दुमा नै अलमलिइरहेको जस्तो देखिन्छ । 

एक दशकको अवधिमा भारतमा पेटीएम कम्पनीले कारोबारको पहुँच वृद्धिमा गरेको प्रयासलाई नेपालका भुक्तानी सेवा प्रदायकहरूले अनुसरण गर्दा सेवा विस्तारमा सहयोग पुग्न सक्छ । तर, भुक्तानी सेवाप्रदायक कम्पनीहरुले उपयुक्त किसिमको व्यावसायिक निरन्तरता योजना र बजार विस्तार रणनीति तर्जुमा गर्न आवश्यक छ । एजेन्सीको सहयोगमा

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)