ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना जीवन बीमा कम्पनीको नाफा : राष्ट्रिय बीमा संस्थान बाहेक सबैको घट्यो

२०७८ फागुन, १०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनाको अवधिमा पुराना सबै जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थानले मात्र खुद नाफा बढाएको छ । कम्पनीहरुले सार्वजनिक गरेका चालू आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा संस्थानको मात्र खुद नाफामा वृद्धि भएको देखिएको हो । यस वर्ष राष्ट्रिय बीमा संस्थानले लगानी कर्जा तथा अन्यबाट रू. ४ करोड ४६ लाख ५६ हजारभन्दा बढी आम्दानी गरेकाले खुद नाफामा वृद्धि भएको हो । संस्थानका प्रशासक कवि पाठले यस वर्ष संस्थानको खर्चको तुलनामा आम्दानी बढेकाले नाफा वृद्धि गर्न सफल भएको जानकारी दिए ।

संस्थानले यस वर्ष दोस्रो त्रैमाससम्म १ करोड ४६ लाखभन्दा बढी खर्च गरेको समेत उनले जानकारी दिए । यस वर्ष व्यवस्थापन खर्च बढेपनि कर्मचारी बोनस व्यवस्था कम गरिएको पाठकको भनाई छ । कम्पनीले यस वर्ष व्यवस्थापन खर्च रू. १ करोड २५ लाखभन्दा बढी गरेको छ भने कर्मचारी बोनस व्यवस्थाका लागि रू. २० लाख २६ हजार छुट्याएको थियो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९७ लाखभन्दा बढी व्यवस्थापन खर्च गरेको थियो । कम्पनीले कर्मचारी बोनसका लागि रू. २० लाख ६९ हजार व्यवस्था गरेको थियो ।

यस वर्ष सर्वाधिक नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष नेपाल लाइफले नोक्सानी व्यवस्थाका लागि रू. १७ करोड ६६ लाखभन्दा बढी रकम छुट्याएकाले खर्च बढ्न गई खुद नाफा घट्न गएको देखिन्छ । गत वर्ष रू. १५ करोड ८८ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष नोक्सानी व्यवस्थाका कारण बढाएर रू. ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको छ ।

यस वर्ष दाबी भुक्तानी रकम बढेकाले पनि पुराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घटेको जीवन बीमक संघका अध्यक्ष एवम् मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले जानकारी दिए । कोभिडका कारण पनि यस वर्ष मृत्यु दाबी भुक्तानी गत वर्षभन्दा बढेको भनाई श्रेष्ठको छ । साथै पुराना कम्पनीहरुको दायित्व बढी भएकाले सोही बमोजिमको प्रोभिजनिङ गर्नु परेका कारण पनि यस वर्ष खुद नाफामा कमी आएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)