ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यावसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफा बढ्यो

२०७८ फागुन, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । कोभिड–१९ पछि व्यवसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफामा पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक कम्पनीहरु, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (बालाजु), युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई) र नेपाल ल्युब आयलको नाफा वृद्धि भएको हो । तर शिवम् सिमेण्टको भने नाफा घटेको छ ।  

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा यी उत्पादनमूलक कम्पनीहरुले कुल रू. १ अर्ब ८८ करोड नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ दशमलव ५६ प्रतिशत वृद्धि भएको हो । यी कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १४ करोड नाफा कमाएका थिए । चालू आवको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ ।

यी ६ कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडले रू. ४६ करोड २७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ७६ लाख नाफा कमाएको थियो । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ४४ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ९८ करोड पुगेको छ ।

त्यसैगरी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३० करोड २२ लाख पुगेको हो । गत वर्ष कोभिड महामारीका कारण सम्पूर्ण उत्पादनमूलक कम्पनीहरु बन्द भएका थिए । यस वर्ष कोभिडको प्रकोप कम हुँदै गएकाले व्यवसायिक गतिविधि बढ्न थालेको कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ ।

यी कम्पनीहरुको उत्पादन तथा बस्तु विक्री आम्दानीमा पनि वृद्धिहुँदै गएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । यी ६ कम्पनीमध्ये शिवम् सिमेण्टको नाफा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ करोड ७३ लाखमा झरेको छ ।

यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा खर्चमा वृद्धि भएकाले नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल खर्च रू. ३ अर्ब ५८ करोड रहेकोमा चालू आवको सोही अवधिमा खर्च वृद्धि भएर रू. ४ अर्ब ११ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)