ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२३ ओटा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा १९.५० गुणा

२०७८ फागुन, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

फागुन १५, काठमाडौं । बैंकहरुले दिने प्रतिफलको आधारमा शेयरमूल्य उलेख्य रूपमा बढ्न नसकेको भन्ने हल्ला चलिरहँदा दोस्रो बजारमा कारोबार खुला रहेका २३ ओटा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा सन्तुलित नै देखिएको छ । 

दोस्रो बजारमा कारोबार खुला रहेका ती वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा १९ दशमलव ५० गुणा रहेको देखिएको हो । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण र गत बिहीवारको शेयरमूल्यका आधारमा २३ओटा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात निकालिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २६ ओटा वाणिज्य बैंक सूचीकृत भएपनि नेपाल बङ्गलादेश, हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का छ । नविलले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता भएसँगै यसको कारोबार रोक्का छ भने हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर प्रक्रिया भाँडिएपनि दोस्रो बजारमा कारोबार रोक्का छ । 

नेप्सेमा कारोबार भइरहेका २३ ओटा बैंकमध्ये मूल्य आम्दानी अनुपात सबैभन्दा कम ग्लोबल आइएमई बैंकको रहेको छ । उक्त बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ६३ गुणा रहेको छ । सबैभन्दा बढी मूल्य आम्दानी अनुपात नबिल बैंकको ४४ दशमलव ५५ गुणा रहेको छ ।

शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीको अधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । आधारभूत पक्षमा एक महत्पपूर्ण सूचक मूल्य आम्दानी अनुपात पनि हो । 

पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो हो । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

यसो त मूल्य आम्दानी अनुपात बढी  भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकार बताउँछन् । सामान्यतया मूल्य आम्दानी अनुपात २० भन्दा कम रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । 

मूल्य आम्दानी अनुपातसँगै कम्पनीको नाफा, लाभांश जस्ता सूचक हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । मूल्य आम्दानी अनुपात दीर्घकालीन लगानीको लागि अति उपयोगी सूचकको रूपमा लिने गरिन्छ ।

स्रोत : कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण र नेप्से

आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)