ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ ओटा निर्जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा : अधिकांश कम्पनीको बोनस शेयरमा जोड

२०७८ फागुन, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

फागुन १७, काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज(नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये ११ ओटाले लाभांश घोषणा गरेका छन् । 

गत आर्थिक वर्ष (आव) २०७७ / ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका ११ कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो । त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले पनि लाभांश बिनानै साधारण सभा सम्पन्न गरिसकेका छन् ।

अब लाभांश घोषणा गर्न बाँकी नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी,युनाइटेड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र जनरल इन्स्योरेन्स रहेका छन् । 

लाभांश घोषणा गरेका बाँकी १० कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीले कुल २१ दशलमव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यसैगरी लाभांश घोषणा गरेकामध्ये सबैभन्दा कम लाभांश एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३२ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीहरुले घोषणा गरेको लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

अधिकांश कम्पनीहरुले यस वर्ष बोनस शेयरमा जोड दिएका छन् । बीमा समितिले जीवन तथा निर्जीवन कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएसँगै कम्पनीहरुले बोनस शेयरमा जोड दिएका हुन् ।

बीमा समितिको अनुसार बिमकले भविष्यमा जोखिममा आधारीत पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि नगद लाभांश वितरणमा रोक लगाएको छ । सोही ब्यवस्थाअनुसार कम्पनीहरुले लाभांश प्रस्ताव गर्न थालेका हुन् । 


आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)