ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र दोस्रो बजार घट्दा म्युचुअल फण्डमा असर, माघ महीनामा अधिकांशको न्याभ घट्यो

२०७८ फागुन, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

फागुन १८, काठमाडौं । माघ महीनामा अधिकांश सामूहिक लगानीकोष योजना (म्युचुअल फण्ड) हरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ ।

धितोपत्र दोसो बजारमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालनमा रहेका २९ ओटा म्युचुअल फण्डहरुमध्ये २७ ओटाको न्याभ पुस मसान्तसम्मको तुलनामा माघ महीनामा घटेको हो ।

माघ महीनामा एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित योजना एनआईसी एशिया सेलेक्ट - ३० को न्याभ स्थिर रहेको छ भने एनआईसी एशिया डायनामिक डेप्ट फण्डको न्याभ सामान्य बढेको छ । एनआइसी एशिया डायनामिक डेप्ट फण्डको न्याभ पुस मसान्तसम्म रू. १० दशमलव ९८ रहेकोमा माघ महीनामा रू. १० दशमलव ९९ कायम भएको हो।

पुस मसान्तको तुलनामा माघ महीनामा सर्वाधिक न्याभ घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- २ रहेको छ । यस योजनाको पुस मसान्तसम्म रू. १४ दशमलव ८९ रहेको न्याभ माघ महीनामा रू.१४ दशमलव २६ मा झरेको हो । पुस मसान्तको तुलनामा माघ महीनामा यस योजनाको न्याभ ६३ पैसाले घटेको हो ।

पुस मसान्तको तुलनामा माघ महीनामा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ५६ दशमलव १९ अंकले घटेको छ । पुस मसान्तसम्म २ हजार ८५७ दशमलब ७५ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा झरेको थियो ।

बजारमा देखिएको उतारचढाबका कारण माघ महीनामा धेरै जसो म्युचुअल फण्डहरुको न्याभ घटेको जानकारी एनआईबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत एवम् मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले दिएका छन् ।

म्युचुअल फण्डको न्याभ घट्नुमा धितोपत्र दोस्रो बजारसंगै बैंक मुद्दती निक्षेपमा भएको कमीले पनि असर गर्ने भनाई उनको छ । म्युचुअल फण्डहरुको लगानीको प्रमुख क्षेत्र धितोपत्र बजार भएकाले पनि माघ महीनामा बजारमा देखिएको उतारचढाको प्रभाव परेको हो ।

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्दा पनि कतिपय समूहगत उपसूचकहरु भने बढेको हुन्छ त्यस अवस्थामा बढेका समूहमा भएको लगानीले पनि बजार घट्दाको अवस्थामा म्युचुअल फण्डहरुले पनि राम्रो आम्दानी गर्ने गरेको थापाले प्रष्ट पारे ।

आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)