ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा महिला सहभागिता बढ्दो

२०७८ फागुन, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

फागुन २४, काठमाडौं । पछिल्लो समय शेयर बजारमा महिलाको सहभागिता बढ्दै गएको छ ।

हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयमा महिलाको उपस्थिति बढ्दो छ । केही वर्ष अघिसम्म प्राथमिक बजारमा मात्र महिलाको आकर्षण रहेकोमा अहिले दोस्रो बजारमा पनि उल्लेख्य छ ।

कोभिडको मध्य समयमा पेशा/व्यवसाय बन्द हुँदा पनि शेयर बजार भने खुला भएको थियो । उक्त समयमा अन्य व्यवसाय गरिरहेका महिला समेत यस क्षेत्रमा आकर्षित भएका थिए । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५० लाख २८ हजार रहेको छ ।

यसमध्ये महिलाको नाममा खोलिएका डिम्याट खाताको संख्या २१ लाख ३७ हजार छ । यो तथ्यांकबाट पनि शेयर बजारमा महिलाको सहभागिता बढेको देखिन्छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिलाले शेयरमा लगानी गर्ने गरेको एक शेयर विश्लेषकले बताए ।

पढेलेखेका र जागीरे महिला मात्र नभएर सर्वसाधारण गृहिणी समेत दोस्रो बजारमा आउन थालेका छन् । यसमा प्रविधिको विकास र विस्तारले झनै सजिलो भएको छ । अनलाइनमार्फत घरबाटै शेयर बजारमा कारोबार गर्न सकिने सुविधाले पनि यस क्षेत्रमा आउने महिलाहरू बढेका हुन् ।

पछिल्लो दुई वर्ष अवधिमा नयाँ नयाँ बीमा कम्पनी, जलविद्युत् कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतले आईपीओ निष्कासन गरे । शेयर बजारमा महिलाको सहभागिता बढाउन यी कम्पनीको आईपीओ पनि सहयोगी बन्यो । लगानीकर्तालाई निफ्राको शेयर ६० कित्तासम्म परेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६ सयभन्दा बढी पुगेको थियो । यसले गर्दा पनि शेयर बजारमा लगानी गर्न महिलाहरू आकर्षित भएका छन् ।

अनलाइनबाटै कारोबार गर्नुहोस्

सरिता विष्ट
प्रबन्ध निर्देशक, लिन्चस्टक मार्केट

पछिल्लोे समय शेयरमा लगानी गर्ने महिला दिदीबहिनीको संख्या बढ्दो देखिन्छ । उहाँहरू पहिले आईपीओ मात्र भर्नुहुन्थ्यो । अहिलो दोस्रो बजारमा कारोबार गर्नेहरू पनि धेरै हुनुहुन्छ । अनलाइन प्रणाली सञ्चालनमा आएपछि धेरैजसोले सोही माध्यमबाट शेयर खरीदविक्री गर्नुहुन्छ । सकेसम्म अनलाइन प्रविधिबाट शेयर कारोबार गर्न अनुरोध गर्दछु । कोभिडका कारण ब्रोकरकहाँ गएर कारोबार गर्ने सहज वातावरण नभएकाले पनि धेरैजसोले अनलाइनबाटै शेयर खरीदविक्री गर्नुहुन्छ, जुन राम्रो अभ्यास हो ।

शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दो छ

सोनम पाठक
बुटवल शाखा प्रबन्धक, लिन्चस्टक मार्केट

पछिल्लो समय शेयर बजारमा उपत्यका बाहिर पनि महिलाको आकर्षण बढ्दै गएको छ । धेरैजसो महिला जोखिम व्यवस्थापन गरेरै लगानी गर्नुहुन्छ । शेयर कारोबार गर्नेमा धेरैजसो जागीरे महिला हुनुहुन्छ । जागीरबाट अवकाश लिएका महिला भने समयको सदुपयोग गर्न, बुभ्mनरसिक्न ब्रोकर कार्यालय आउनुहुन्छ । नयाँ नयाँ कम्पनीको आईपीओ आइरहेकाले शेयर बजारमा लगानी गर्ने महिलाको संख्या थप बढ्ने देखिएको छ । 

शेयर बजारमा आउने महिलालाई पारिवारिक साथ चाहिन्छ

अञ्जु श्रेष्ठ, लगानीकर्ता

यो क्षेत्रमा आउन महिला दिदीबहिनीलाई पारिवारिक साथ–सहयोग चाहिन्छ । आवश्यक जानकारी नलिई अरूको लहैलहैमा लागेर कारोबार गर्दा बढी जोखिम हुन्छ । त्यसैले शेयर बजारबारे आधारभूत ज्ञान लिएर मात्र लगानी गर्न आग्रह गर्दछु । अहिले प्रविधिको सुविधाले अहिले घरमै बसी बसी कारोबार गर्न सकिने भएको छ । राम्ररी अध्ययन, विश्लेषण गरेर शेयर बजारमा लगानी गर्दा तुलनात्मक रूपमा बढी लाभ लिन सकिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)