ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्दै तीन लघुवित्त

नियामकको अनुमतिको पर्खाइमा

२०७८ फागुन, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

फागुन २६, काठमाडौं । पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् । 

जसमा किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछन् । 

तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो ।

एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । 
त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । 
त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)