ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणपत्र र आईपीओमा झुक्किँदै लगानीकर्ता

२०७८ फागुन, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । सार्वजनिक निष्कासनमा आएका ऋणपत्रलाई कतिपय लगानीकर्ता कम्पनीले जारी गरेको प्राथमिक शेयर (आईपीओ) भन्दै झुक्किने गरेका छन् ।

५० लाखभन्दा बढी हितग्राही (डिम्याट) खाता खुलिसकेको र सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि करीब २७ लाखले आवेदन दिएको तथ्यांक छ । यी आवेदकमध्ये कतिपयले ऋणपत्रलाई पनि आईपीओ सम्झेर आवेदन दिने गरेको पाइएको छ ।  

ऋणपत्रलाई पनि मेरो शेयरको सफ्टवेरमा आईपीओकै कोलममा राख्दा आईपीओ भर्नेहरूलाई आईपीओ र ऋणपत्र छुट्याउन समस्या भएको हो । ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने भए तापनि दैनिक जसो खरीदविक्री भने हुँदैन । लगानीकर्ताले निश्चित समयका लागि बचतको रूपमा ऋणपत्र खरीद गरेर राख्ने र ब्याज प्राप्त गर्ने मनसाय राखे भने कहिलेकाहीँ मात्र ऋणपत्रको कारोबार हुने सिडिएस एण्ड क्लियरिङ (सीडिएससी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार ऋणपत्र किन्नु भनेको लगानीकर्ता निश्चित समयसम्म ढुक्क भएर आफ्नो लगानी सुरक्षित गर्नु हो । सिडिएससीले सञ्चालनमा ल्याएको मेरो शेयरमा आईपीओ, ऋणपत्र, म्युचुअल फण्ड र हकप्रद एकैठाउँमा देखिँदा लगानीकर्ता झुक्किने गरेका भए त्यसको समाधानका लागि फरक–फरक बटममा राख्ने व्यवस्था मिलाउन पहल गर्ने सीईओ आचार्यले बताए ।

‘यसरी लगानीकर्ता झुक्किने समस्या आएको भए, यसको समाधान खोज्नुपर्छ । हामीले सर्वसाधारणको हितमा नै काम गर्ने हो,’ उनले भने । यसका लागि सर्भर थप गर्नुपर्ने अवस्था पनि आउन सक्ने आचार्यको भनाइ छ । ‘यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, म हाम्रो प्राविधिक टिमसँग सल्लाह गर्छु ।

चाँडै नै हुन्छ भने सोही अनुसार अगाडि बढ्नु पर्छ । तर, सर्भर थप गर्नु पर्ने अवस्था आयो भने केही समय लाग्न सक्छ,’ आचार्यले भने ।  

के हो ऋणपत्र ? 
कुल ऋण पूँजीलाई सर्वसाधारणले खरीद गर्न सक्ने स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइ ऋणपत्र हो । अथवा, कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारीक रूपमा गरिदिएको लिखितपत्र ऋणपत्र हो । ऋणपत्रमा लगानी गरेका लगानीकर्ताले चाँडैभन्दा पनि निश्चित समयपछि फाइदा हेरेका हुन्छन् ।  

ऋणपत्र भनेको निश्चित समय अवधिका लागि निश्चित प्रतिशत प्रतिफल दिन्छु भनेर कबुल गरेको खरीदकर्ताको सम्पत्ति हो । ऋणपत्र निष्कासन गर्ने कम्पनीहरूले अर्धवार्षिक र वार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गर्दछन् ।

जसले गर्दा डिबेञ्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरेपनि वार्षिक रूपमा दिने भनिएको ब्याज भने निश्चित हुने गर्छ । ऋणपत्रधनीले कम जोखिममा वार्षिक रूपमा निश्चित प्रतिशत ब्याजदर प्राप्त गर्छन् । जसले गर्दा बचत तथा मुद्धति खाताहरूमा भइरहने ब्याजदर परिवर्तनले ऋणपत्रका लागानिकर्तालाई भने जोखिम हुदैन । 

कम्पनीले साधारण र अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गर्नुअघि ऋणपत्रधनीलाई ब्याज दिनुपर्छ । यदि कम्पनी नोक्सानीमा गएपनि शेयरधनीलाई लाभांश बाड्दैन भने ऋणपत्रधनीलाई भने अनिवार्य रूपमा ब्याज भुक्तानी हुने गर्दछ । सोही कारण ऋणपत्र दीर्घकालीन लगानीको रूपमा फाइदा हुने आचार्य बताउछन् । 

यस्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबारमा आउने गर्छन् । यस्तो ऋणपत्र नेप्सेमा सूचीकृत भएपनि दैनिक कारोबारमा भने आएको देखिदैन । सोही कारण स्वयम लगानीकर्ताले पनि ऋणपत्र, म्युचुअल फण्ड लगायत साधारण शेयर के हो भनि एकिन गरेर मात्र लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकार बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)