ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ कक्षा मात्रै पढेका भगतले ६ हजारबाट शुरू गरेको बत्ती उद्योग : मासिक २ लाख कमाइ, २ हजारलाई जागिर

२०७८ चैत, ९  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

चैत ९, काठमाडौं । हिन्दु धर्ममा पूजापाठमा नभइ नहुने वस्तु हो, कपासको बत्ती । कपासलाई बटारेर गोलो लाम्चो बनाएपछि यसलाई दीयोमा राखेर बालिन्छ । हिन्दु धर्ममा मनोकामना पूरा गर्न वा मनोकामना पूरा भएपछि मन्दिरमा यस्ता लाख बत्ती एकै पटक बाल्ने पनि गरिन्छ ।

घरयासी प्रयोजनका लागि चाहिने थोरै बत्तीहरू आफैले बनाउन सकिने भएपनि लाख बत्ती बाल्नलाई भने आफैं बनाउन त्यति सजिलो छैन । त्यहि अफ्ठेरोलाई अवसर देखेका २१ वर्षिय सुरज भगतले अहिले यसैमा भविष्य देखिरहेका छन् ।

विराटनगर रानीपथ - १५ का सुरजले २०७६ सालदेखि बत्ती कातेर बेच्ने व्यवसाय शुरू गरेका थिए । शुरूवातमा आफै बत्ती कातेर बेच्न थालेका भगतले अहिले करीब ५ हजार गृहीणीलाई प्रत्यक्ष /अप्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । सानै उमेरमा मासिक लाखौ रुपैयाँको कारोबार गर्दै आएका छन् ।

' नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ लाख बत्ती बालिन्छ र हातले बनाएकै बत्तीलाई मात्रै चोखो मानिन्छ । त्यसैले पनि बत्ती व्यवसायले राम्रो बजार लिएको छ ।'

भगतको भनाइ मान्ने हो भने व्यवसाय गर्न ठूलो रकम चाहिंदैन ।केही गर्छु भन्ने हिम्मत र परिवारको साथ भए सफल हुन सकिन्छ ।

६ हजार रुपैयाँमा १ बोरा कपास किनेर शुरु गरेको व्यवसायमा अहिले लाखौ रुपैयाँ लगानी पुगेको छ । निम्न वर्गिय परिवारबाट आएका भगतले ६ कक्षासम्म मात्रै अध्ययन गरेका छन् ।

'१२ वर्षको उमेरदेखि मैले घर छोडेर भारतको तामिलनाडुदेखि हेदराबादसम्म र नेपालमा काठमाडौंदेखि विराटनगरसम्म काम गरेको छु । मैले भाँडा माझ्नेदेखि कबाडी उठाउनेसम्मका काम गरेको छु', भगतले आर्थिक अभियानसँग भने, 'काम सानो ठूलो हुँदैन भन्ने कुरामा विश्वास गर्छु । त्यसैले पनि आज म यो ठाउँमा छु ।'

बुवालाई ह्दयघात र व्यवसायको शुरूवात

२०७६ को माघमा भगतको बुवालाई ह्दयघात भयो । परिवारका सदस्यसहित अस्पतालमा गएका बेला उनले बत्ती बेचिरहेको देखें । सुरजका बुबा आमा गाँउमै सानो मात्रामा बत्ती कातेर बेच्थे । काठमाडौंमा ठूला ठूला झोला भरी बत्ती विक्रीका लागि राखेको देखेपछि उनीहरुले गाउँमा कातेका बत्ती काठमाडौं ल्याउन सके राम्रो बजार हुन सक्छ भन्ने कुरा मनमा राखि हाले ।

भगत भन्छन्, 'मलाई भने यसमा रुचि थिएन । मैले धेरै इच्छा पनि देखाइन । आमा बुवाले जबर्जस्ती १ बोरा बत्ती बनाउने कपास असनबाट ल्याउनु भयो । बत्ती विक्री भएन भने पनि कपास विक्री हुन्छ, नभए लाख बत्ती बनाएर विक्री गरौंला भन्नुभयो ।'

त्यती बेला विराटनगरमा ५०० रुपैयाँ पर्ने कपास असनमा ३०० रुपैयाँमा पाइन्थ्यो । हामीले जहाँबाट कपास किनेका थियौं, त्यही पसलमा बत्ती पनि किन्ने रहेछन् । त्यसपछि उहाँमार्फत अरू ग्राहक पनि थपिंदै गए ।

६ हजारबाट शुरू गरेको व्यवसायमा ३० लाख लगानी

६ हजार रुपैयाँबाट शुरू गरेको उनको व्यवसायमा अहिले ३० लाख रुपैयाँ लगानी पुगेको छ । अहिले उनले बत्तीसँगै कपासपनि विक्री गर्दै आएका छन् । भगतले अहिले ३ सुते बत्तीको एक मुठालाई ५३ रुपैयाँ, ५ सुते बत्तिलाई ५७ रुपैयाँ, ७ सुते बत्तीलाई ९० र ९ सुते बत्तीलाई १२५ रुपैयाँमा विक्री गर्ने गरेको बताए । एक मुठामा ५०० ओटा बत्ती हुन्छन् ।

पहिला - पहिला सिजनमा मात्रै विक्री हुने बत्ती अहिले भने १२ महीना नै विक्री हुने भगतले बताए । उनले भने, 'कहिले मलमासहरू परेको बेलामा थोरै बत्ती विक्री हुन्छन् । चाडपर्वहरु भएको सिजनमा भने राम्रै व्यापार हुन्छ ।'

अहिले सप्लायर्समा मासिक कपास ७०० देखि १००० किलोसम्म विक्री हुने गरेको भगतले बताए । त्यसैगरी, बत्ती न्युनतम ८० लाखदेखि १ करोड सम्म विक्री गर्ने गरेको उनले बताए ।

उनी भन्छन्, 'नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ लाख बत्ती बालिन्छ र हातले बनाएकै बत्तीलाई मात्रै चोखो मानिन्छ । त्यसैले पनि बत्ती व्यवसायले राम्रो बजार लिएको छ ।'

यहाँ हामीले गुणस्तरिय बत्ती उत्पादन गर्छौ, त्यसैकारणले गर्दा पनि धेरै मानिसहरु दैनिक ग्राहक भएका छन् । उनले भने ।

भगतको परिवारमा ५ जना सदस्य छन् र सबैले व्यवसायमा सहयोग गर्ने गरेका छन् । उनी भन्छन्, 'परिवारको सहयोग बिना व्यवसाय हुँदैन आज म जे छु सबै मेरो परिवार मेरो बुबाको हौसला र सहयोगले छु',  उनी अगाडि भन्छन् ।

२ हजारलाई रोजगारी, १ टन कपास खपत

भगत सप्लायर्स ले अहिले १ हजार ५०० भन्दा बढीलाई रोजगारी दिएको छ । 'पाँच वर्षको नानिदेखी ९० वर्षको आमाले सम्म बत्ती बनाएर पठाउनु हुन्छ', उनले भने । बत्ती बनाएर पठाउने चाहीं ५००० भन्दा बढी छन् । तर उनीहरुको हामीसँग भेट हुँदैन, हामीसँग प्रत्यक्ष कपास लगेर बत्ती बनाउनेहरू १ हजार ५०० देखि २हजारको संख्यामा छन् ।

विगतका दिनहरुमा सरसफाईको कामदेखि कवाडीसम्मको काम गर्दा मासिक ३०/३५ हजार सम्म कमाउने उनले अहिले मासिक डेढ लाखदेखि २ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

कोरोना महामारिले गरिरहेको काम ठप्प भएपछि बत्ती व्यवसायको बजार कस्तो रहेछ भनेर बुझ्न धेरै ठाउँ गएको उनले बताए ।  बजार बुझ्दै बत्ती बोकेर मेचीदेखि महाकालीसम्म पुगेको उनको अनुभव छ । बजार बुझेपछि उनले सानो व्यवसायलाई  नै ठूलो बनाउने अठोटका साथ भगत सप्लायर्स नाममा फर्म दर्ता गराएका थिए ।

विगतका दिनहरुमा सरसफाईको कामदेखि कवाडीसम्मको काम गर्दा मासिक ३०/३५ हजारसम्म कमाउने उनले अहिले मासिक डेढ लाखदेखि २ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

अहिले सप्लायर्सले नेपालको २०/२५  जिल्लाहरुमा २०० भन्दा बढी होलसेलरहरूलाई बत्ती र कपास सप्लाई गर्दै आएको छ । आगामी दिनहरुमा भगत सप्लायर्समा अझ धेरैलाई रोजगारी प्रदान गर्ने र यसलाई देशको सबै जिल्लाहरुमा विस्तार गर्ने योजना रहेको भगतले जानकारि दिए ।  

उनी भन्छन्, 'केहि नगर्नुभन्दा केहि गर्नु ठिक हो । जब तपाई केहि गर्नुहुन्छ, नचिनेको मान्छेले पनि तपाईलाई चिन्न खोज्छन् ।' ' अहिले यूवाहरु धेरै मात्रामा विदेशिएका छन् यहीं लगानी गर्ने पैसा भयो भने जो कोहीले पनि यस्ता खाले व्यवसाय गर्न सक्छन् ',  उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)