ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात बढेपनि कागतीको मूल्य महीनादिनमै दोब्बर, किलोकै ४०० रुपैयाँ

२०७८ चैत, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

चैत १४, काठमाडौं । पछिल्लो समय स्थानीय बजारमा बहुगुणकारी कागतीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाअघि प्रतिकिलोको न्यूनतम मूल्य १३० देखि १४० रुपैयाँसम्म रहेको थियो भने अहिले प्रतिकिलो २८० देखि ३०० रुपैयाँसम्म रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष कागती आयातमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी महासंघका प्रवक्ता विनय श्रेष्ठले बताए । आघिल्लो वर्ष ४ हजार ३०२ मेट्रिक टनको हाराहारीमा कागती कालीमाटी बजारमा भित्रिएको थियो भने यो वर्ष ५ हजार ७१ मेट्रिक टन कागती भित्रिएको उनले जानकारी दिए । साथै यो वर्ष भारतबाट ४ हजार ९८० मेट्रक टन बराबरको कागती आयात भएको छ भने बाँकी ९१ मेट्रिक टन घरेलु उत्पादन रहेको उनले बताए ।

अहिले बजारमा पाईने कागती भारतबाट आयात भएको उनको भनाइ छ । उनले सिजनमै पनि कागती बाहिरबाट आयात भएका कारण स्थानीय बजारको माग पूर्ति गरिरहेको छ । नेपालमै उत्पादित कागती त काठमाडौंसम्म मुस्किलले  आउने गरेको उनले बताए ।

भारतबाट आउने कागतीले ग्राहकको माग धानेको छ । व्यापारीहरुका अनुसार अहिले भारतबाटै आउँदा मूल्य बढेर आएकोले घरेलु बजारम मुल्य बढेको हो । नेपालमै कागती उत्पादन कम हुने र भएको उत्पादन पनि स्थानीय रुपमौ उपभोग हुने उनले बताए ।

अहिले नेपाली कागतीको सिजन नभएकाले पनि महंगो भएको कालिमाटीस्थित खुद्रा व्यापारी हरि पाठकले बताए । भारतीय कागतीको तुलनामा नेपाली कागती सानो र रसिलो हुने उनको भनाइ छ । उनले अहिले कागती प्रतिकिलो ४०० रुपैयाँको दरले कागती बेचिरहेका छन् ।

कालीमाटी बजारमा गुल्मि, चितवन, काठमाडौ आसपासको क्षेत्रबाट कागती भित्रिने गरेको छ । नेपालमा पनि भण्डारण राम्रो व्यवस्था हुने हो भने नेपाली कागती १२ महीना सजिलै पाइने व्यापारीहरुको भनाइ छ । विगतका वर्षहरुको तथ्यांकलाई हेर्ने हो कागती खेतीमा कमी आएको देखिन्छ ।

चालू आर्थिक वर्षको आठ महीनामा नेपालले भारतबाट ६० करोड रुपैयाँ बराबरको ७८ लाख ५७हजार ८७८ किलोग्राम कागती आयात गरेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा नेपालले भारतबाट ५७ करोड २३लाख रुपैयाँ बराबरको ८१लाख ५१हजार ५४७ किलोग्राम कागती आयात गरेको तथ्यांकमा उल्लेख छ ।

एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र रोग कीरा तथा अन्य समस्या पनि कम हुने हुँदा कागती खेती नेपाली किसानका लागि निकै लाभदायक रहेको कतिपय कृषि विज्ञहरुको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)