ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्युचुअल फण्डको न्याभ घट्यो, कुनको कति ?

सूचीकृत शेयरमा कुनको लगानी कति ?

२०७८ चैत, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

चैत २२, काठमाडौं । २९ ओटा म्युचुअल फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार माघको तुलनामा फागुनमा सबै म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । फागुनमा शेयर बजार घटेसँगै म्युचुअल फण्डहरूको न्याभ पनि घटेको हो ।

म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारमा उतारचढाव आएसँगै फण्डहरूको नाफानोक्सान लगायत न्याभमा असर पर्छ । फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका २९ म्युचुअल फण्डमध्ये सबैभन्दा बढी न्याभ सानिमा इक्वीटी फण्डको १६ रुपैयाँ ८८ पैसा रहेको छ । यस फण्डको न्याभ माघको तुलनामा ६१ पैसा घटेको हो । 

२९ फण्डमध्ये सबैभन्दा बढी सूचीकृत शेयरमा लगानी सिद्धार्थ इक्वीटी फण्डको रहेको  छ । यो फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. १ अर्ब ६४ करोड लगानी गरेको छ । फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ६७ करोड लगानी गरेको थियो ।

माघको तुलनामा भने फागुनमा यस फण्डको सूचीकृत शेयरमा लगानी १ दशमलव ८३ प्रतिशत घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका फण्डहरूमध्ये सबैभन्दा बढी मेगा म्युचुअल फण्डको माघको तुलनामा फागुनमा सूचीकृत शेयरमा लगानी १७ दशलमव १२ प्रतिशत वृद्धि भएको छ । यो फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६४ करोड ९१ लाख लगानी गरेकोमा फागुन मसान्तसम्ममा वृद्धि भएर रू. ७६ करोड २ लाख पुगेको हो ।

 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)