ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क औसत ७.१५ % ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ 

२०७८ चैत, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

चैत २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले माघको तुलनामा फागुनमा कुल बीमा शुल्क आर्जन औसत ७ दशलमव १५ प्रतिशतले वृद्धि गरेका छन् ।

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघको तुलनामा फागुनमा १९ जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएका हुन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलिसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो ।

फागुनमा मात्रै १९ ओटा जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क माघको तुलनामा  ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो । माघमा मात्र यी जीवन बीमा कम्पनीहरूले कुल रू. १० अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेका थिए । 

सार्वजनिक तथ्यांक अनुसार १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफले रू. २ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले कुल रू. २ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो । 

प्रतिशतका आधारमा माघको तुलनामा फागुनमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफको बीमा शुल्क ४० दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले माघमा रू. २५ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३६ करोड ४ लाख पुगेको हो ।

त्यसैगरी दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले माघमा रू. २६ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३७ करोड २२ लाख पुगेको हो । 

फागुनमा १९ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

कम्पनीले फागुनमा मात्रै कुल रू. ७५ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले रू. ६९ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)