ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक सातापछि बढ्यो नेप्से, एकै दिन बजार पूँजीकरण करीब रू. ५१ अर्बले बढ्यो 

२०७८ चैत, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत २४, काठमाडौं । गत बिहीवारदेखि निरन्तर घटिरहेको धितोपत्रको दोस्रो बजार सूचक नेप्से यो बिहीवार भने बढेको छ । १ सातापछि दोस्रो बजारमा उत्साह देखिएको हो । यस दिन शेयर सूचक नेप्से ३५ दशमलव ६९ अंकले बढेर २ हजार ४६४ दशमलव ३५ विन्दुमा पुगेको छ । 

यसअघिका पाँच कारोबार दिन नेप्से निरन्तर घटेको थियो । बुधवार २ हजार ४१६ दशमलव ३८ विन्दुसम्म झरेको नेप्से बिहीवार २ हजार ४७६ दशमलव ३७ विन्दुसम्म उक्लियो । बजार बन्द हुने बेलासम्ममा घटेर २ हजार ४६४ दशमलव ३५ कायम भएको हो । 


यस दिन कुल बजार पूँजीकरण ५० अर्ब ६७ करोड रुपैयाँले बढेको छ । बुधवार ३४ खर्ब ४८ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण बिहीवार ३४ खर्ब ९८ अर्ब रुपैयाँ कायम भएको हो । यस दिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७१ प्रतिशत घटेको छ । राष्ट्र उत्थानको शेयरमूल्य प्रतिकित्ता १२८ रुपैयाँले घटेको हो ।

बुधवारको तुलनामा बिहीवार कारोबार रकम पनि बढेको छ । बुधवार १ अर्ब ९९ करोडभन्दा बढीको कारोबार भएकोमा बिहीवार २ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । बजारको निरन्तर ओरालो यात्राका क्रममा वाणिज्य बैंकमध्ये सर्वाधिक मूल्य घटेको नबिल बैंकको शेयर बिहीवार सबैभन्दा बढी रकमको किनबेच भयो । वाणिज्य बैंकमध्ये उच्च लाभांश वितरण गर्दै आएको नबिलको ७ करोड ३८ लाख रुपैयाँ बराबरको ७६ हजार १९७ कित्ता शेयर किनबेच भयो । नबिलको शेयरमूल्य यस दिन प्रतिकित्ता ४ रुपैयाँले बढेर बजार बन्द हुँदा ९६९ रुपैयाँ कायम भएको छ ।

लामो समयदेखि घटेको बजार अब भने फर्किएको संकेत बजार विश्लेषक विष्णुप्रसाद बस्यालले गरेका छन् । अर्थतन्त्रको अप्ठ्यारो परिस्थितिलाई अहिले नै सम्हाल्न नसक्ने अवस्थामा पुगेको नजरले हेर्न नहुने उनको भनाइ छ । पूँजीबजारको कारोबार सूचनामा केन्द्रित हुने भएकाले अर्थतन्त्रको पछिल्लो अवस्थाले लगानीकर्ताको मनोबलमा केही असर पु¥याएको उनले बताए । समस्यासँग डराएरभन्दा पनि जुधेर अघि बढ्नुपर्ने तर्क राखेका बस्यालले अर्थतन्त्र सुधारका लागि पूँजीबजारले धेरै ठूलो भूमिका खेलेको रेकर्ड केही महीनाअघिको पूँजीगत लाभकर संकलनबाट पुष्टि हुने बताए । 

बजार सपोर्ट जोनतिर आइसकेकाले अब तल झर्ने सम्भावना कम रहेको उनको दाबी छ । कम जोखिम मानिने वाणिज्य बैंकको शेयरमूल्य निकै तल आएकाले अबका दिनमा यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान बजार विश्लेषक बस्यालले गरे । दोस्रो बजारको सर्वाधिक अंश ओगटेको वाणिज्य बैंकको शेयर माग बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव पर्ने बस्यालले तर्क गरे ।

अनुभवी लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि पूँजीबजारले पनि महŒवपूर्ण भूमिका खेल्ने बताए । विलासी वस्तु आयातबाट प्राप्त हुने राजस्वभन्दा धेरै बढी पूँजीबजारमैत्री नीतिबाट प्राप्त हुने उनको विश्वास छ । पछिल्लो समय नियामक निकायको नयाँ नीतिका कारण प्रभावित बनेको बजार विकासका लागि बजारमैत्री नीति आवश्यक रहेको उनले बताए । पूँजीबजार सकारात्मक बनेका बेला संकलित राजस्वको आकारले पनि यो क्षेत्र संकटमोचनको आधार हुने स्पष्ट पार्ने उनको धारणा छ । ‘तसर्थ पूँजीबजारलाई अब फरक ढंगले हेर्नुपर्छ,’ पौडेलले भने, ‘पूँजीबजार बढ्दा बजार पूँजीकरणको तुलनामा धेरै गुणा बढी राजस्व वृद्धि भएको गत वैशाखदेखि असोजसम्मको तथ्यांकले देखाउँछ ।’ पूँजीबजारको विकासले सरकार र जनता दुवैको भलो हुने भएकाले अर्थतन्त्र सुुधारमा यसको ठूलो महŒव हुने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)