ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२३ वाणिज्य बैंकको मूल्य आम्दानी औसतमा १८.२९ गुणा, लगानीको अवसर

२०७८ चैत, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

चैत २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकुत २६ बैंकमध्ये कारोबार भइरहेका २३ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा १८ दशमलव २९ गुणा रहेको छ ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा प्रकाशित प्रतिशेयर आम्दानी र गत बिहीवारको शेयर मूल्यका आधारमा २३ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात निकालिएको हो ।नेप्सेमा २६ सूचीकृत वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक आपसमा मर्जर सम्झौताका कारण र नबिल बैकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति गरेको गर्ने सम्झौता भएसँगै यी तीनओटा वाणिज्य बैंकको शेयर कारोबार रोक्का छ ।

पछिल्लो समय नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । अब आवश्यक प्रक्रिया पुरा गरेर यी दुबै बैंकको शेयर कारोबार हुनेछ ।  

बैंकहरूले दिने प्रतिफलको आधारमा शेयर मूल्य उलेख्य रूपमा बढ्न नसकेको भन्ने हल्ला चलिरहँदा दोस्रो बजारमा कारोबार खुल्ला रहेका २३ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा सन्तुलित देखिएको छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो हो । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने देखिन्छ । मूल्य आम्दानी अनुपात बढी  भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने विशेषज्ञ बताउँछन् । 

सामान्य तय मूल्य आम्दानी अनुपात २० भन्दा कम रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । २३ वाणिज्य बैंकमध्ये सबैभन्दा कम मूल्य आम्दानी अनुपात ग्लोबल आइएमई बैंकको १३ दशमलव ६२ गुणा रहेको छ । त्यसैगरी दोस्रोमा मेगा बैंकको १३ दशमलव ६८ प्रतिशत रहेको छ । २३ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मूल्य आम्दानी अनुपात नबिल बैंकको ४१ दशमलव शुन्य ८  गुणा रहेको छ ।

शेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको अधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने जानकार बताउँछन । आधारभूत पक्षमा एक महत्वपूर्ण सूचक मूल्य आम्दानी अनुपात हो । पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । 

मूल्य आम्दानी अनुपातसँगै कम्पनीको नाफा, लाभांश जस्ता सूचक हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । मूल्य आम्दानी अनुपात दीर्घकालीन लगानीका लागि अति उपयोगी मानिने गर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)