ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिप आधुनिक प्रविधिको ढुकढुकी हो

२०७९ बैशाख, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रमा सुवेदी

चिप आधुनिक प्रविधिको ढुकढुकी हो । पेन ड्राइभ, खेलौना, कम्प्युटर, एप्लायन्सेस, रिमोट कन्ट्रोलदेखि ग्राफिक कार्ड, कार, स्मार्टफोनसम्म अहिले चिप प्रयोग नहुने सामान भेट्न मुश्किल छ । हेर्दा सानो भएपनि यसको महत्व र प्रयोग अथाह छ । सामान हेरीहेरी औंलामा गन्न सकिनेदेखि हजारौं ओटासम्म चिप प्रयोग हुन्छ । 
कोरोना भाइरसको महामारीका कारण विश्वभर देखिएको चिप संकट अझै पनि मत्थर भइसकेको छैन । महामारीबीच चिपको माग सुस्ताउने अनुमानबीच कम्पनीहरुले धमाधम चिपको उत्पादन घटाए । तर क्रमिक रुपमा विश्वभर आर्थिक गतिविधि बढ्न थालेपछि चिपको माग बढ्यो । तर एक्कासी बढेको माग र महामारीका कारण उत्पन्न आपूर्ति चक्रमा अवरोधपछि चिपको अभाव देखिन थाल्यो । विस्तारै चिप संकट नै उत्पन्न भयो ।  पछिल्लो समय युक्रेनमाथि रुसले हमला गरेपछि यो समस्या झनै चुलिएको छ । चिप निर्माणमा सीमित देश वा कम्पनीको वचश्र्वका कारण पनि समस्या बढेको छ । विश्वमा चिपको अभाव केही त्रैमास देखि आगामी वर्षको आधाउधीसम्म रहने विश्लेषण विज्ञहरुले गरेका छन् । 
चिपको अभावले अहिले कयौं उद्योग प्रभावित भएका छन् । यसले एकातिर चिप प्रयोग गरिने उपभोग्य सामानको भाउ बढाएको छ । अर्कोतिर सामान अर्डर गरेपछि सोको प्राप्तिबीचको वेटिङ पिरियड बढाएको छ । आधुनिक चीपमा निर्भर कार उद्योगमा डेलिभरीको लागि कुनु पर्ने समय झन झन बढिरहेको छ । बजारमा भने जस्तो सामान पाउन मुश्किल छ । कुनै सामान बिग्रिएर बनाउनु पर्यो भने पनि तत्कालै बनिहाल्ने स्थिति छैन । हप्तौंसम्म कुनु पर्ने अवस्था छ । आयातित चीपमा निर्भर भारतमै समेत नयाँ कार बूकिङ गरेपछि डेलिभरीका लागि कुनु पर्ने समय झन्डै ६ महीनादेखि १३÷ १४ महीनासम्म रहेको छ । यो अवधि झनै बढ्ने देखिएको छ । कम्पनीहरुले डेलिभरी दिन बाँकी कारको संख्या लाखौं नाघिसकेको छ । चिप अभावका कारण अधिकांश सामानको भाउ ३० देखि ४० प्रतिशतले बढेका छन् । 
कोरोना भाइरसको मारबाट आपूर्ति चक्र उब्रिनै थालेको थियो, युक्रेनी संकटले यसलाई थप बिगारिदियो । बजारको माग धान्न निर्माताहरुलाई केही फिचर घटाएरै भने पनि कार बनाइरहेका छन् । यस्तो अवस्था भारतमा मात्रै नभएर विश्वका अन्य बजारमा पनि छ । हुन पनि एउटै कारमा करीब १ हजार ५ सयदेखि ३ हजार ओटासम्म चिप कम्पोनेन्ट प्रयोग हुन्छ । अटो निर्माताहरुसामु फिचर हटाएर कार बनाउने अनि विक्री गर्ने प्रवृत्ति देखिएको छ । केही फिचरहरुलाई पछि रेट्रोफिट पनि गरिएको छ । 

सर्भिसिङ अर्डरमा समस्या 
पछिल्लो समय घट्दै गइरहेको विदेशी विनिमय सञ्चितिलाई सम्बोधन गर्न नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अवस्था झनै खराब बनेको छ । ‘बजारमा सामान नै छैन भन्छन्, नयाँ किन्न महँगो छ खोजेको सामान पाइदैन, बनाउनलाई हप्तौं लाग्छ, नियमित काम नै प्रभावित हुने अवस्था छ,’ कम्प्युटरको मदर बोर्ड बिग्रिएर न्यूरोड बनाउन ल्याएका मनोरथ ढकालले भने । 

व्यापारीको भनाई ....................
मर्मत सामाग्रीको अभाव 
मोबाइल फोन, कम्प्युटरको मूल्यमा वृद्धि
व्यापारी र उपभोक्तामा व्यक्तिगत असर 

कसरी बनाइन्छ चिप ?
चिप बालुवाबाट बनाइन्छ । बालुवाबाट चिप बन्न ७०० भन्दा धेरै प्रक्रियाबाट गुज्रिनु पर्छ । शुरुमा बालुवामा भएको सिलिकन डाइ अकसाइडलाई शुद्ध सिलिकनमा परिणत गरिन्छ । यसलाई पातलो चिप्सको आकारमा ढालिन्छ । चिप्सको प्रकार अनुसार सतहको संरचना तयार पारिन्छ । फोटो रेजिष्ट लेयरले कोडिङ गरिन्छ । वेफरको सतह कयौं प्रक्रिया पूरा गरेर चाहेको आकारमा काटिन्छ । त्यसपछि सेमिकन्डक्टरको पार्ट्सको इलेक्ट्रिकल कनेक्टीभिटी बढाउन चिपमा डोपन प्रत्यारोपण गरिन्छ । त्यसपछिका चरणमा चिपको सारा लेआउट वेफरमा डिपोजिट नभएसम्म प्रसेसिङका कयौं चरण दोहो¥याइन्छ । यसमा वेफरलाई १ हजार १०० डिग्री सेल्सियससम्म तताइन्छ । केही चिपलाई २७ पटकसम्म यसै गरी तताइन्छ । २०० ओटासम्म नापजाँच र २६ ओटा एक्सपोजर समेत गर्दा बालुवाबाट चिप बनाउन ७०० ओटा सम्म प्रक्रिया हुन्छ । यो सबै प्रक्रिया पूरा भएपछि माइक्रोचिपका ३० ओटासम्म तहसम्म एसेम्बल गरिन्छ । हरेक तहको आफ्नै काम हुन्छ । यि तहलाई एक अर्कासँग जोड्ने काम निकै जटिल छ । बालुवामा भएको सिलिकनबाट यसरी चिपसम्म बदल्न कयौं प्रकार रसायन र ग्याँस चाहिन्छ । यसको आपूर्ति विश्वका कयौं देशबाट हुन्छ । 
हालै बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्ट रिसर्चले विश्वको चिप अभाव खुकुलो हुन सक्ने बताएको थियो । अधिकांश कम्पोनेन्टको माग र आपूर्तिबीचको अन्तर यस वर्षको उत्तराद्र्धमा घट्न सक्ने र चिप अभाव क्रमिक रुपमा खुकुलो हुँदै जाने उसको प्रक्षेपण छ । पछिल्लो समय इन्टेल, टीएसएमसी लगायत विश्वका ठूलो चिप निर्माताहरुले अर्बौ डलर चिप निर्माणमा लगानी बढाइरहेका छन् । तर यिनीहरुको चिप बनाउने कारखाना तत्कादै सञ्चालनमा आइहाल्दैन । यसका लागि केही समय लाग्छ । उत्पादन नै शुरु भएपनि पूर्ण क्षमतामा कारखाना चल्न केही समय कुर्नु पर्छ । त्यसैले उपभोक्ताहरु चिप अभावको मरमा पर्ने क्रममा छिटै अन्त्य हुने देखिएको छैन ।  
 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)