वैशाख २२,काठमाडौं। ललितपुरको सबैभन्दा लामो समय चल्ने जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा बुधवारबाट शुरु भएको छ । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरेको ४ दिनपछि रथ तान्न शुरु गरिन्छ ।
बर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको पहिलो दिन रथलाई ललितपुरको पु्ल्चोकबाट गाःबाहल पुरयाईयो । यसका साथै मीननाथको रथलाई पनि संगसंगै तानिन्छ । रथयात्राको क्रममा क्रमश मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पु¥याएर भोटो देखाइन्छ ।
यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
फोटो : सुनिल शर्मा /आर्थिक अभियान