ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ दलीय गठबन्धनका कारण कांग्रेस सभापति जितेको हुँ, विकासवादी मेयर दाहाललाई जिताउँ : देउवा

२०७९ बैशाख, २२  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २२, चितवन । नेपाली कांंग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले ५ दलीय गठबन्धनको सहयोगमा कांग्रेस सभापति निर्वाचित भएको दाबी गर्नुभएको छ ।

बिहीवार भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले गठबन्धनकै कारण ६० प्रतिशत मत ल्याएर सभापति निर्वाचित भएको बताउनु भएको हो ।

रेनु दाहालको नेतृत्वमा भरतपुर महानगरले ५ वर्षमा विकासमा फड्को मारेको भन्दै अहिलेपनि दाहालाई जिताउनुपर्ने पनि देउावले बताउनु भयो ।

अहिलेको गठबनधन राष्ट्रिय परिवेश, र आवश्यकता भएको भन्दै, भरतपुर महानगरपालिकाका मेयर पदका उमेद्वार रेनु दाहाललाई जिताउन देउावले आग्रह गर्नु भएको हो । 

‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्दै छ । सभागृह बन्दैछ । गल्ली गल्ली पिच भएका छन्' उहाँले भन्नु भयो,  'यस्तो विकासवादी मेयरलाई जिताउनु पर्छ ।'

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)