ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भृकुटीमण्डप मेलामा ५०० देखि ५ हजार सम्मका जुत्ता, ५०% सम्म छूट, छान्न जाने हजारको माल ५०० मै !

२०७९ बैशाख, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

वैशाख २३, काठमाडौ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल (एफम्यान)ले काठमाडौंको भृकुटीमण्डपमा २५ दिने जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला चलिरहेको छ ।

नेपालमै उत्पादित कम्पनिहरुको जुत्ता चप्पल सुपथ र सुलभ मूल्यमा उपलब्ध हुनुका साथै जुत्ता पारखिहरुका लागि एकै छानामुनि सयौँ थरिका जुत्ता चप्पल पाईने उक्त मेला वैशाख १५ गतेदेखि शुरु भएर जेठ १५ गतेसम्म चल्ने छ ।

नेपालमा जुत्ता उत्पादन गरिरहेका १९ ओटा कम्पनीले मेलामा भाग लिएका छन् । मेलामा सबै उमेर समूुहका महिला, पुरुष र बालबालिकाहरूको जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छूट दिइएको मेलामा भाग लिएका उत्पादक कम्पनीहरूले बताएका छन् ।

मेलामा रोयल सुज, सिखर सुज, गोल्ड स्टार, रन सुज बेस ग्लोबल, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयरलगायतका १९ ओटा चर्चित नेपाली उत्पादनहरुको स्टल रखिएको छ । 

उक्त मेलामा नेपालमै उत्पादन भएको जुत्ता चप्पलहरुमा विभिन्न अफरहरु पनि राखिएको छ । मेलामा ५०० रुपैयाँ देखि ६००० रुपैयाँसम्मका जुत्ता चप्पल राखीएको छ । त्यसैगरी, स्टक किल्यरेन्सदेखि फ्रेस जुत्ता चप्पलहरु पनि राखिएको छ ।

जुत्ताहरुमा ६ महीना देखि एक वर्ष सम्मको वारेन्टी रहेको केटिएम सुजमा व्यापारी अभि दुलालले बताए ।

बाहिर पसलमा १० प्रतिशत छूट भएका जुत्ताहरुमा यहाँ हामीले १५ देखि ५० प्रतिशतसम्म छूट दिएका छौं । उनले सार्वजनिक विदाका दिन ग्राहक बढी आउने गरेको पनि बताए ।

उनको स्टलमा दैनिक ८० देखि १०० जोर जुत्ता विक्री हुने गरेको बताए । गुणस्तरलाई हेर्ने ग्राहकहरु यस्तै जुत्ता दिनु भन्दै पनि आउने गरेका छन् ।यस्ता मेलाले नयाँ नयाँ ग्राहकहरुलाई नेपाली ब्रान्ड चिनाउनुका साथै गुणस्तरिय जुत्ता चप्पलको लागि अवसर दिने गरेको उनले बताए ।

यस्तै, रोयल सुजकी व्यवसायीले पनि प्राय सबै जसो जुत्ता चप्पलमा ग्राहकले छूट प्राप्त गर्न सक्ने बताइन् ।

रोयल सुजको स्टलमा पनि ५०० देखि ४५ सय रुपैयाँ सम्मका जुत्ता चप्पल पाईने उनले बताईन् । उनले प्रतिदिन १०० जोर जुत्ता विक्री हुने गरेको बताइन् ।यहाँ स्पोर्ट सुज, क्याजुअल सुज, पार्टिवेयर, लगायतका जुत्ता ग्राहकले बढि रुचाउने गरेको उनले बताइन् ।

एकपटक रोयल ब्रान्डको जुत्ता लगाउने ग्रहकहरु धेरै आउने गरेको उनले बताईन् । उक्त मेलाले धेरै भन्दा धेरै ग्राहकलाई गुणस्तरिय जुत्ता प्रदान गरेको उनको दाबी छ । 

मेलामा गोल्डस्टार जुत्ता किन्दै गरेको काठमाडौ कपनका राज सिवाकोटिले ८ वर्षदेखि गोल्डस्टारको जुत्ता लगाईरहेको बताए ।

नेपाली उत्पादन साथसाथै गुणस्तरिय पनि भएकाले गोल्डस्टार बाहेक अरु जुत्तामा मनै नजाने उनले बताए ।

यो जुत्ता चप्पल मेलाले गर्दा उनलाई सजिलो भएको छ । भन्छन्, - 'बाहिरभन्दा निकै सुलभ मूल्यमा पाईनुका साथै एकै ठाउँमा धेरै ब्रान्डका जुत्ता पाइने हुँदा जस्तो सुकै व्यस्ततामा पनि किन्न सकिन्छ ।'

हरेक वर्ष मेलामै गएर जुत्ता किन्ने कीर्तिपुरका कमल कठरीया पनि जुत्ता हेरेर छान्न जान्ने हो भने हजारको जुत्ता ५०० रुपैयाँमै पाइने बताउँछन् ।

'५० प्रतिशत छूट भनेको जुत्ता स्टकमा रहेको, दाग लागेको, पुरानो हुन्छ भन्ने सबैको बुझाइ हुन्छ । तर त्यहीभित्र पनि केही जुत्ता भने राम्रै गुणस्तरको हुन्छन् । त्यस्तै जुत्ता ५० प्रतिशत छूटमा किनेर १/२ वर्ष सम्मै लगाउने गरेको छु ।' उनले भने ।

ग्राहकलाई सस्तो सुलभ र भरपर्दो नेपाली ब्रान्डहरु राखीएकाले याहाँ दैनिक १९०० देखि २००० को हाराहारीमा ग्राहक आउने एफम्यानका कार्यालय सचिव निस महर्जनले बताए ।

जुत्ता किन्ने मात्रै त्यति संख्या रहेको र अवलोकन गर्न आउनेको संख्या त झनै धेरै रहेको उनले बताए ।

उनको अनुसार त्याहाँ राखिएको सबै ब्रान्डका जुत्ता चप्पलहरु ग्राहकहरुले रुचाएका छन् । बिहेको सिजन भएकाले स्पोर्ट सुजहरु भन्दा पार्टिवेयर सुजको माग धेरै रहेको उनले बताए ।

यो मेला आयोजना गर्नुको मूख्य उदेश्य चाहीँ नेपालका जुत्ता उद्योगीहरूलाई चिनाउने, उनीहरूलाई प्रोत्साहन गर्ने र नेपालमै उत्पादन हुने नेपाली ब्रान्डका जुत्ता चप्पलहरुलाई अन्तरराष्ट्रिय बजार सम्म पुर्याउने रहेको महर्जनले बताए ।

कोरोना माहामारि पछि गत वर्षको मंङ्सिर महीनामा पहिलो मेला आयोजना भएको थियो । त्यसपछि यो प्रदर्शनि दोर्सो रहेको उनले बताए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले यस्तो मेला वर्षमा ३ पटक आयोजना गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)