ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन 

२०७९ जेठ, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् ।

यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् । 

एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् । 

सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् । 
सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको 
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ । 
नयाँ सारथी लघुवित्त वित्तीय संस्था 
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ । 
मिर्मिरे लघुवित्त वित्तीय संस्था 
यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ । 
समता घरेलु लघुवित्त वित्तीय संस्था
यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 
समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ । 
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था 
यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था  
यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ । 


स्रोत : नेपाल धितोपत्र बोर्ड 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)