ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय चुनावले महंगियो भान्सा, एक महीनामै ४ गुणाले बढ्यो गोलभेडाको मूल्य

२०७९ जेठ, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

वैशाख ३, काठमाडौ । काठमाडौंस्थित असनका सुनिल शर्मा एक विहानै तरकारी किन्न असन बजारमा जाँदा उनी गोलभेडाको मूल्य सुनेर चकित भए ।

 बल्लबल्ल उनले एउटा पसलमा एक किलोग्राम गोलभेडा १४० रुपैयाँमा भेट्टाएँ । ‘महँगो भए पनि किन्नै पर्‍यो’,  उनले आर्थिक अभियानसँग भने ।

गोलभेडको मूल्य अत्यधिक बढेपछि प्रायजसो पसलहरुमा गोलभेडा नपाएको उपभोक्ताको गुनासो छ ।  केहि दिन अघिसम्म जतासुकै पाइने गोलभेडा अहिले अधिकाशं पसलेहरुमा विक्रीमा राखेको देखिदैन ।

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको मूल्य आकासिएको छ । एक महीनाअघि कालीमाटी तरकारी बजारमा गोलभेडा प्रतिकिलो २० देखि ३० रुपैयाँ रहेको थियो । तर अहिले यो मूल्य बढेर किलोकै ८० देखि ९५ रुपैयाँ पुगेको छ । एक महीनाको अवधिमा गोलभेडाको मूल्य किलोमा चार गुणाले बढेको हो । होलसेलमै यति पर्ने गोलभेडा खुद्रामा अझै बढि पर्दा उपभोक्ता झन मारमा परेका छन् । 


नेपालीको भान्सामा नभई नहुने तरकारी मध्येको एक हो, गोलभेडा । त्यसैले यसको मूल्य बढ्दा आम उपभोक्तालाई थप समस्या पर्ने गरेको छ । चुनावको माहोल हुँदा स्वदेशमै उत्पादन भएको गोलभेडा पनि धेरैजसो गाँउ घरतिर नै खपत भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ भारतबाट गोलभेडा नआएकाले मूल्य आकासिएको बताउँछन् । स्थानीय चुनावको कारण केहिदन यता सिमानाका बन्द हुँदा मूल्यमा असर परेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा कालीमाटी बजारमा २६ हजार ८०२ टन सानो खालको गोलभेडा भित्रिएको श्रेष्ठले जानकारी दिए ।

जसमध्ये, ४ हजार ६६ टन भारतबाट आयात गरिएको र बाँकी स्वदेशमै उत्पादन भएको पनि उनले बताए । काठमाडौंमा अहिले धादिङ्, मकवानपुर, काभ्रे र चितवनबाट ठूलो परिमाणमा गोलभेडा आउने गरेको छ ।  उनका अनुसार यो समयमा नेपाली गोलभेडाभन्दा पनि साना भारतीय गोलभेडा आउने समय हो तर उक्त गोलभेडा आएको छैन ।

स्वदेशमै उत्पादन भएको गोलभेडाले बजारको माग नधान्ने हुँदा बाहिरबाट आयात गर्नुपर्छ । बाहिरबाट आयात गर्दा मूल्यमा तलमाथि हुने भएकाले मूल्य घटबढ भइरने हुन्छ ।

भारतबाट आउन थालेपछि फेरि मूल्य घट्ने उनले बताए । भारतबाट सानो गोलभेडाको तुलनामा ठूला गोलभेडा बढि भित्रिने गरेको छ । भोजभतेर लगायतका समारोहमा सलादका रुपमा प्रयोग हुने भएकाले पनि यो समयमा गोलभेडाको माग बढी हुन्छ ।

९ महीनाको अवधिमा भारतबाट ५ हजार ४०० टन ठूलो गोलभेडा कालीमाटी बजारमा भित्रिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)