ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालेनको चस्मा र कोटको माग धान्नै धौ धौ, जितेमा विजय जुलुसमा देखिनेछन् चस्मा र कोटधारी समर्थक

२०७९ जेठ, ४  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

जेठ ४, काठमाडौं । यतिबेला देशमा कोही व्यक्ति ‘हटकेक’ बनेका छन् भने उनी बालेन साह नै हुन् ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएदेखि नै चर्चामा रहेका साहले मतगणनामा शुरुवाती अग्रता लिएपछि अहिले देश बालेनमय भएको छ भन्दा फरक नपर्ला ।

जताततै बालेनकै चर्चा भइरहँदा उनको ड्रेसअपको सिको गर्ने समर्थकको संख्या पनि दिनदिनै बढ्दै गएको छ । त्यो मध्ये बढी सिको हुने दुईओटा चिज चस्मा र कोट हुन् ।

मतगणना स्थल राष्ट्रिय सभागृहमा बालेनका समर्थकले लगाउने एउटा नारा नै छ – ‘बालेन दाइको चस्मा, भ्रष्टाचारी भस्म’ ।

तर बजारमा भने बालेनको चस्माको मात्र होइन कोटको माग पनि ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा बालेनको जस्तै चस्मा र कोट लगाएको फोटो राख्ने युवा जमात बाक्लिदैं गएको देखिन्छ । बालेनले जितेमा उनको विजय र्‍यालीमा उनकै जस्तो चस्मा र कोट लगाएका हजारौ समर्थक उत्रीने पक्का छ ।

उनका फ्यानहरू सामान्य नागरिक मात्रै छैनन्, बालेन दाइको चस्मा भन्दै सामाजिक सञ्जालमा फोटो राख्नेहरू पत्रकार, सेयर लगानीकर्ता, व्यवसायीदेखि वालबालिका र वृद्ध वृद्धासम्म रहेका छन् ।

यहि बजारको चर्चा लाई टिपेर अनललाईन व्यवसाय गर्ने मार्केट प्लेसहरूले बालेन दाइको जस्तै चस्मा उपलब्ध, बालेन दाइको चस्मा छुट सहित विक्रीमा भन्दै ५५ प्रतिशत सम्म छुट राखेर विज्ञापन गरिरहेका छन् । 

बालेनको जस्तै चस्माको मूल्य नेपाली बजारमा ७०० देखी ३ हजार रुपैयाँसम्म पर्छ । तर अनलाईनले भारी छुट सहित विक्रीमा राखेका छन् । र अनलाइनमा आउने अर्डर यति धेरै छनकी उनीहरूलाई डेलिभरी गर्नै भ्याइ नभ्याइ छ । 

उनले लगाएको कोटको माग पनि ह्वात्तै बढेको छ । काठमाडौंमा अनलाईन व्यवसाय गर्दै आएकी थापागाउँकी अनुजा प्रधानलाई काठमाडौंबाट मात्रै नभई देशभरका बिभिन्न स्थानबाट समेत बालेनवाला कोट चाहियो भनेर फोन आइरहेका छन् । 

धेरैले बालेनको जस्तैं कोट चाहियो , उनले लगाउने ब्राण्ड कुन हो? कति मूल्य पर्छ भनेर सोध्ने गरेको प्रधान बताउँछिन । ‘हामीसँग ठ्याक्कै यहि ब्राण्ड भन्ने त छैन तर सम्भब भएसम्म मिल्दो जुल्दो कोट दिने गरेका छौं।‘ उनले भनिन् ।

सेलिब्रेटी नायक नायिकाहरुको फेसन सेन्सलाई फ्लो गर्ने ट्रेण्ड त पुरानै हो । तर राजनीतिज्ञको फेसन सेन्सलाई फ्लो गर्ने प्रचलन विश्वव्यापी रुपमा पनि कम मात्रै भएको पाइन्छ । नेपालमा त यस्तो कुरा सबैले नोटिस गर्ने गरी ठूलो जमातले फ्लो गरेको यो नै पहिलो पटक होला । 

छिमेकी मुलुक भारतमा नरेन्द्र मोदीले लगाउने हाफ कोट लाई उनका समर्थकले मोदी कोट भन्दै ब्राण्ड बनाएको पाइन्छ । भारतीय सर्वमान्य नेता जवरलाल नेहरुले लागाएको सेतोटोपिलाई नेहरु टोपि भनेर पच्छ्याएको पाइन्छ ।

नेपालमा पनि तत्कालिन माओवादी नेता बाबुराम भट्रराईले लगाउने टोपि पनि चर्चामा आएको थियो । तर त्यो टोपि अहिलेको बालेनको चस्मा र टोपी जस्तो हिट भने भएको थिएन ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)