ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३२ सय पुगेको शेयर बजार २ हजारको हाराहारीमा आउँदा कस्ता लगानीकर्ताले गुमाए ?

२०७९ असार, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर
author avatar लक्ष्मी शर्मा

असार ५, काठमाडौं । नेप्से परिसूचक नेपालको इतिहासमा सबैभन्दा बढी २०७८ भदौ २ गते ३ हजार २०० विन्दुमा पुगेको थियो ।

३ हजार २०० पुगेको बजार पछिल्लो समय २ हजार विन्दुमुनि रहेको छ । पछिल्लो एक वर्षयता ब्याजदरमा वृद्धि, बैैकिङ्ग प्रणालीमा तरलता अभाव र शेयरधितो कर्जाको सिमालगायतका  कारणले शेयर बजार प्रभावित बनेको छ । बजार घटिरहँदा लगानीकर्ताले आन्दोलनलाई सशक्त बनाएका छन् । 

पछिल्लो समय कतिपय लगानीकर्ताहरुले आन्दोलनको समर्थन गरेका छन् भने कतिपयले बढ्दा चुप लागेर बस्ने घटेपछि आन्दोलन गर्नुको औचित्य नरहेको भन्ने जस्ता प्रश्नहरु सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।

जबकी बजार बुलिस ट्रेण्डमा रहँदाको कुरा गर्दा ठूला लगानीकर्ताले १ हजार ८०० को बजारमा  लगानी गरी  बजार २ हजार ८०० देखि ३ हजार पार(क्रस) भएपछि विक्री गरेर बाहिरीएको पनि जानकारी गराएका थिए ।  सोही बेला कतिपय लगानीकर्ताले भने बजार अझै बढ्छ भन्दै महँगोमा  सोझा नयाँ लगानीकर्तालाई शेयर खरीद गराएको पनि आरोप लगाएका छन् । 

कतिपय लगानीकर्ता भने बजार बढ्दा पनि शेयर विक्री गरिएन, अहिले घट्दा पनि नआत्तिएको बताउँछन् । उनीहरुले आत्तिन आवश्यक नभएको भन्दै दीर्घकालिन लगानी गरेको र आफुले चाहेको प्रतिफल आएपछि मात्र शेयर बेच्ने जानकारी दिएका छन् । बजार ३ हजार २०० मा पुग्दा ठूला लगानीकर्ताले शेयर बेचेर बाहिरीएका छन्, त्यती बेला फसेका भनेकै नयाँ र साना लगानीकर्ता रहेको जानकारहरुको बुझाइ छ ।

हुन पनि हो नयाँ लगानीकर्ताले बजारको बारेमा राम्रोसँग जानकारी नलिइकन हल्लाका भरमा शेयर खरीद गर्ने गर्दछन् । सोही कारण पनि नयाँ लगानीकर्ता फसेको देखिएको छ ।

जब बजार बुलिस ट्रेण्डमा थियो, त्यति बेला कतिपय लगानीकर्ताले आफुसँग भएको शेयरलाई बढाएर बेच्नका लागि हकप्रद शेयर, यति बोनस शेयर दिंदैछ भनि समाजिक सञ्जालमा हल्ला फैलाएर शेयर महंगोमा सोझालाई खरीद गर्न लगाएको एक लगानीकर्ताले बताए  । लगानीकर्ताले पनि लगानी गर्नुपूर्व आफूले कस्तो खालको कम्पनीमा लगानी गर्दैछु भनेर राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

यद्यपि शेयर बजार भनेको सधैंभरी बढीरहने पनि होइन, सधैं घटिरहने पनि होइन  । लगानी गर्दा आफुले लगानी कस्तो कम्पनीमा गर्दैछु भनेर राम्रोसँग केलाएर लगानी गर्नुपर्दछ । बजार घटेपछि सबै सकियो भनेर हौवा फैलाउनुभन्दा पनि कम्पनीको विगत र बर्तमान अवस्थालाई हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने सक्छ । 

त्यसोत कम्पनीले आधिकारिक रुपमा कुनै पनि बोनस शेयर, हकप्रद शेयरको घोषणा नगरेसम्म हल्लाको भरमा शेयर खरीद गर्नु हँुदैन । शेयर बजार भनेको एउटाले गुमाउँदा अर्कोले कमाउने हो ।

सबै जनाले गुमाउँछन् भन्ने पनि हुँदैन र सबैले कमाउँछन् भन्ने पनि हुँदैन । आफुले जोखिम बहन गर्ने क्षमताका आधारमा लगानी गरेमा शेयर बजारबाट लाभ लिन भने नसकिने होइन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)