ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ लघुवित्त कम्पनीहरूको शेयर मूल्य १ हजार रुपैयाँभन्दा तल

२०७९ असार, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असार १७, काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार घटिरहँदा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा पनि कमी आइरहेकाे छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुँदै आएका लघुवित्त कम्पनीहरूको शेयर मूल्य बजार घटेसँगै कम भएकाे छ । 

नेप्सेमा सूचीकृत ५२ लघुवित्त कम्पनीहरूमध्ये २२ कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा कतिपय लघुवित्त कम्पनीहरूको शेयर मूल्य करिब रू. २ हजार हाराहारीमा पुगेकाे थियाे । तर, पछिल्लो समय ती लघुवित्त कम्पनीहरूको शेयर मूल्य रू. १ हजारभन्दा कम कायम भएकाे छ ।

ती कम्पनीहरू दीर्घकालीन लगानीको लागि अवसर हुन सक्ने जानकारहरू बताउँछन् । 

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढी देखिन्छ । यो क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बजार बढ्दा उच्च दरमै बढेको तथ्यांकका आधारमा पनि अहिले कम मूल्यमा खरीद गर्दा भविश्यमा राम्रो नाफा कमाउन सकिने जानकारहरूको विश्लेषण छ । शेयरमा लगानी गर्दा कम्पनीको जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानीलगायत हेर्न पनि उनीहरूले अनुरोध गरेका छन् । 

२२ कम्पनीमध्ये सबैभन्दा कम शेयर मूल्य आरएसडीसी लघुवित्त वित्तीय संस्थाको छ । शुक्रवार साे कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५ सय ५४ दशमलव १ कायम भएको हो । शेयर मूल्य कम भएका वित्तीय संस्थाकाे सूचीमा दोस्रोमा छ फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०५ रहेको छ ।

लघुवित्त कम्पनीहरूले अरु कम्पनीले भन्दा बढी लाभांश दिने भएकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ । २०७७/७८ मा लाभांश दिएका कम्पनीमध्ये सबैभन्दा बढी जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश (करसहित) गरेर कूल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको छ। कम्पनीकाे ७० प्रतिशत बोनस शेयर शुक्रवार सूचीकृत भएको छ । त्यसैगरी, महिला लघुवित्तले बोनस शेयर र नगद लाभांश गरी कूल ५० प्रतिशत लाभांश वितरण गरेको हो ।

४६ कम्पनीमध्ये सबैभन्दा कम लाभांश एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५ दशमलव ४१ प्रतिशत लाभांश वितरण गरेको थियाे ।

तलको टेबलमा असार १७ गते शुक्रवारको शेयर मूल्य र नेप्से इतिहासकै उच्च विन्दु ३२ सय पुगेको बेलाको शेयर मूल्यलाई देखाइएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)