ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनामा हाइड्रोपावरको शेयरमूल्य औसत ५२.८४ % ले घट्यो, सबैभन्दा बढी ङादी ग्रुप पावरको

२०७९ असार, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असार २७, काठमाडौं । पछिल्लो समय बजार निरन्तर घट्दो क्रममा रहेको छ ।

३ हजार २०० विन्दुमा पुगेको नेप्से परिसूचक अहिले २ हजारको हाराहारीमा झरेको छ । यस बीचमा  लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाइ सकेका छन् । बढी गुमाउने समूहमध्ये एक हाइड्रोपावर समूह पनि रहेको छ । हाल यो समूहअन्तर्गत नेप्सेमा ४८ हाइड्रोपावर कम्पनी सूचीकृत छन् । 

गत भदौ २ गते कारोबार भएका ३८ ओटा हाइड्रोपावरको ११ महीनाको अन्तरालमा शेयरमूल्य ५२ दशमलव ८४ प्रतिशतले घटेको छ । ३८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको शेयरमूल्य ७६ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य गत भदौ २ गते प्रतिकित्ता रू. १ हजार २५५ रहेकोमा गत शुक्रवार प्रतिकित्ता रू. २९९ दशमलव ५ मा झरेको हो । यस कम्पनीको शेयरमूल्य २० प्रतिशत बोनस शेयर र १५० हकप्रद शेयरको समायोजनका कारण पनि शेयरमूल्य घटेको हो । 

यसरी हेर्दा सबैभन्दा बढी गुमाउनेमा युनिभर्सल पावर कम्पनीका शेयरधनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य ११ महीनाको अवधिमा ६४ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य २०७८ भदौ २ गते प्रतिकित्ता रू. ६१० रहेकोमा गत शुक्रवार रू. २१९ दशमलव २ मा झरेको हो । यस कम्पनीले हालसम्म लाभांश दिएको छैन । कुनै पनि लाभांश विनानै कम्पनीको शेयरमूल्य ११ महीनामा ६४ प्रतिशतले घटेको छ । 

बजार बुलिस ट्रेण्डमा रहेको समयमा यस कम्पनीले हकप्रद शेयर र आकर्षक लाभांशदिने हल्ला फैलाएर सोझा लगानीकर्तालाई फसाएको एक लगानीकर्ताले बताएका छन् । कम्पनीले आधिकारीक रूपमा कुनै पनि हकप्रद र बोनस शेयरको घोषणा नगर्दै सामाजिक सञ्जालमा अनेकांै हल्ला फैलाउने गिरोहलाई पनि नियामक निकायले कारबाही गर्नु पर्ने ती लगानीकर्ताले बताए । 

लगानीकर्ताले लगानी गर्नु पूर्व आफूले कस्तो खालको कम्पनीमा लगानी गर्दैछु भनेर राम्रोसँग केलाएर कम्पनीको हरेक पक्षलाई राम्रोसँग हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । शेयर बजार घटबढ भइरहन्छ । तर,बजार घट्दो ट्रेण्डमा रहेको बेलामा पनि राम्रो कम्पनीको शेयर किनेमा राम्रो प्रतिफल प्राप्त हुने लगानीकर्ता दिपक सिंह धामीको अनुभव छ ।

कम्पनीको अवस्था कस्तो छ,सञ्चालक समिति कस्ता छन्, बोनस शेयर, कम्पनीको आम्दानीलगायत बजारको ट्रेण्ड हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने धामीको दाबी छ । ३८ ओटा कम्पनीमध्ये  सबैभन्दा कम युनाइटेड इदी मार्दी आरवि हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।

कम्पनीको शेयरमूल्य ११ महीनाको अवधिमा १२ दशमलव १९ प्रतिशत घटेको छ । गत भदौ २ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८० रहेकोमा असार २४ गते शुक्रवार रू. ६८४ दशमलव ९ कायम भएको छ । 

स्रोत : नेप्से

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)