ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

२०७९ असार, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निर्जीवन बीमातर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिने भएका छन् । सोमवार यी दुवै कम्पनीबीच मर्जरमा जाने गरी प्रारम्भिक सहमति भएको छ ।

सोमवार एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीका अध्यक्षले मर्जरको प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा सिद्धार्थका अध्यक्ष रतनलाल केडिया र प्रिमियरका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । प्रिमियर इन्स्योरेन्सका सूचना अधिकारी सहदेव तिवारीले सिद्धार्थ इन्स्योरेन्ससँग मर्ज हुने गरी प्रारम्भिक सहमति भएको जानकारी दिए ।

यो प्रारम्भिक सहमतिमात्र भएको उनले स्पष्ट पारे । बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ । सैद्धान्तिक स्वीकृतिका लागि सोमवार नै समितिमा निवेदन दिइएको तिवारीले बताए । स्वाप रेसियो भने सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) भएपछि तय हुने बताइएको छ । मर्जरपछिको कम्पनीको नाम, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी समायोजनलगायत विषय सैद्धान्तिक स्वीकृतिपछि नै टुंगो लगाइनेछ । 

मंगलवारदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का हुनेछ । कम्पनीहरूले शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी दिइसकेका छन् ।  यी दुवै कम्पनी समान हैसियतमा गाभिएमा चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

हाल प्रिमियरको १ अर्ब २२ करोड र सिद्धार्थको १ अर्ब २८ करोड रुपैयाँ बराबर चुक्तापूँजी छ । दुवैको जोड्दा बीमा समितिले आगामी चैतभित्र कायम गर्नुपर्ने भनी तोकेको न्यूनतम चुक्तापूँजी (२ अर्ब ५० करोड रुपैयाँ) हुनेछ । 

निर्जीवनतर्फ यसअघि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भइसकेको छ । ती कम्पनीले आगामी साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।

यस्तै, जीवन बीमातर्फ प्राइमलाइफ, गुराँस लाइफ र युनियन लाइफ तथा सूर्या लाइफ र ज्योति लाइफले मर्जरमा जाने सहमति गरेका छन् । उनीहरूको एकीकृत कारोबार शुरू गर्ने मिति टुंगो लागिसकेको छैन । बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने नीति ल्याएर मर्जरमा जान दबाब दिएपछि धमाधम मर्जरको सहमति हुन थालेको हो ।


असार मसान्तभित्रै मर्जरसम्बन्धी प्रारम्भिक सहमति गरेमा करलगायत विषयमा सहुलियत दिने नीति पनि ल्याइएको छ । यसले कम्पनीहरूलाई असारभित्रै मर्जरको सहमति गर्न दबाब परेको छ । बीमा समितिले केही समयअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो ।

हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र पुर्‍याउनुपर्ने चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवनको २ अर्ब ५० करोड र जीवनको ५ अर्ब रुपैयाँ तोकिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)