ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षमा धितोपत्र बजारबाट १० अर्ब ३५ करोडभन्दा बढी कर संकलन

२०७९ साउन, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । सरकारले धितोपत्र दोस्रो बजारका कारोबारीहरूबाट एक वर्षमा रू. १० अर्ब ३५ करोड ३० लाख पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र दोस्रो बजारमा भएको कारोबारको राफसाफ कार्य गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससीले) ले आर्थिक वर्ष (आव) २०७८/७९ मा सरकारले उक्त पूँजीगत लाभकर संकलन गरेको जानकारी दिएको हो ।

गत आर्थिक वर्षमै धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । भदौ २ गते नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको थियो भने सोही दिन हालसम्मकै सर्वाधिक रकमको धितोपत्र खरीदविक्री भएको थियो । उक्त दिन नेप्से परिसूचक हालसम्मकै उच्च ३ हजार १९८ दशमलव ६० विन्दुमा बन्द भएको थियो । सो दिन रू. २१ अर्ब ३१ करोड बराबरको धितोपत्र खरीदविक्री भएको थियो । धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल बजारपूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो ।

गत आवको तथ्यांकलाई हेर्दा साउनमा सबैभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । साउनमा सरकारले रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको हो । नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको भदौ महिनामा भने सरकारले रू. २ अर्ब ६१ करोड ८६ लाखभन्दा बढी यस्तो कर संकलन गरेको थियो । पछिल्लो समय बजार घट्दै जाँदा त्यसको असर कर संकलनमा पनि परेको देखिन्छ । भदौको तुलनामा असोजमा रू. २ अर्ब ६ करोडले पूँजीगत लाभकर कम भएको देखिन्छ । असोजमा रू. ५४ करोड ९७ लाख २५ हजार मात्र पूँजीगत लाभकर संकलन भएको देखिन्छ । गत आर्थिक वर्षको अन्तिम महीना असारमा भने रू. २४ करोड ४९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ ।

सरकारले धितोपत्र दोस्रो बजारका कारोबारीहरूबाट नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म पूँजीगत लाभकर लिँदै आएको छ । संस्थागत लगानीकर्ताहरूबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताहरूबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर संकलन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि धितोपत्र बजारका व्यक्तिगत लगानीकर्ताहरूका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरिएको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्ताहरूलाई दीर्घकालीन र एक वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्ताहरूलाई अल्पकालीन लगानीकर्ताको रूपमा विभाजन गर्दै सरकारले अल्पकालीनका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । धितोपत्र लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष ०७८/७९ मा सरकारले संकलन गरेको पूँजीगत लाभकर :

स्रोत : सीडीएससी  


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)