ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आठ वाणिज्य बैंकले सार्वजनिक गरे चौथो त्रैमासिक वित्तीय विवरण, सबैभन्दा बढी लाभांश क्षमता एनआईसी एशियाकाे

२०७९ साउन, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । हालसम्ममा आठ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । यी आठ बैंकमध्ये एनआईसी एशिया बैंकको सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब २४ करोडभन्दा बढी रहेको छ । उक्त वितरणयोग्य मुनाफाका आधारमा यस कम्पनीले लाभांश क्षमता १९ दशमलव ४३ प्रतिशत राख्दछ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४ अर्ब ५२ करोडभन्दा बढी नाफा कमाएको हो । 

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर लाभांश क्षमता निस्कन्छ ।

यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी  नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो । तर बैंकले उच्च कर्जा विस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि कम्पनीको लाभांश रद्द गरेको थियो ।

त्यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंकले लाभांश क्षमता १३ दशमलव ४५ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य मुनाफा रू. ३ अर्ब १९ करोड  रहेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका आठ वाणिज्य बैंकमध्ये सबैभन्दा कम लाभांश क्षमता सनराइज बैंकको २ दशमलव ५३ प्रतिशत रहेको छ । यस कम्पनीको वितरणयोग्य नाफा गत आवको चौथो त्रैमाससम्ममा रू. २५ करोड ६१ लाख रहेको छ । सबैभन्दा बढी खुद नाफा भने ग्लोबल आइएमई बैंककाे छ । बैंकले रू. ५ अर्ब २० करोडभन्दा बढी कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)