ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीहरूको नाफा साढे ४ अर्बभन्दा बढी, कसले कति कमाए ?

२०७९ भदौ, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण अनुसार एक वर्ष अवधिमा कम्पनीहरूले कुल रू. ४ अर्ब ५५ करोडभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा यो नाफा ७ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा यी १८ निर्जीवन बीमा कम्पनीहरूले रू. ४ अर्ब २४ करोड नाफा कमाएका थिए ।  

नेको इन्सुरेन्स कम्पनीले सबैभन्दा बढी नाफा कमाएको छ । यस कम्पनीले गत आवमा रू. ५५ करोड १ लाखभन्दा बढी नाफा कमाएको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले रू. ५० करोड ४५ लाख नाफा कमाएको थियो । त्यसैगरी दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले रू. ४७ करोड ३४ लाख नाफा कमाएको छ । 

पाँच कम्पनीको नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ । प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको नाफा घटेको छ । 

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ९८ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा रू. ७ करोड २९ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. १४ करोड ४९ लाख पु¥याएको छ । यस कम्पनीले प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा कमाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनीले १८ कम्पनीमध्ये सबैभन्दा कम रू. ७ करोड ५ लाख नाफा कमाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जर सम्पन्न गरी एकीकृत कारोबार शुरु गरे पनि दुवै कम्पनीले छुट्टाछुट्टै वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कसले कति कमाए ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)