ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४६ हाइड्रोपावरले सार्वजनिक गरे गत आवको वित्तीय विवरण, २९ कम्पनी नाफामा

२०७९ भदौ, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ ६, काठमाडौं । नेप्सेमा सूचीकृत ५६ हाइड्रोपावरमध्ये ४६ ओटाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

तीमध्ये ग्रीन लाइफ हाइड्रोपावर र हिमालयन पावर पार्टनरको विवरणमा नाफा नोक्सान उल्लेख छैन । (त्यसैले तालिकामा यसबारे उल्लेख नगरिएको) बाँकी ग्रीन भेञ्चर्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी र शिवश्री हाइड्रोपावर कम्पनीले भने हालसम्ममा गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । 

४६ कम्पनीमध्ये सबैभन्दा बढी नाफा चिलिमे हाइड्रोपावर कम्पनीले कमाएको छ । कम्पनीले गत आवमा रू. ७६ करोड ७८ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १४ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ६६ करोड ८१ लाख नाफा कमाएको थियो । त्यसैगरी दोस्रोमा साहस ऊर्जाले रू. ७१ करोड ५३ लाख नाफा कमाएको छ । 

आँखुखोला जलविद्युत् कम्पनीको नाफा २३ गुणा बढी 

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनीको नाफा २३ दशमलव ५८ गुणा वृद्धि भएको छ । अघिल्लो आवमा रू. १० लाख ५२ हजार नाफा कमाएको कम्पनीले गत आवमा रू. २ करोड ४८ लाख पुर्‍याएको छ ।

त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६७७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा रू. १ करोड ८६ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. १४ करोड ४७ लाख कमाएको छ । 

नाफामा रहेका हाइड्रोपावरकाे सूची

 
घाटामा रहेका हाइड्रोपावर कम्पनी 

गत आवमा १७ हाइड्रोपावर कम्पनी घाटामा रहेका छन् । १७ कम्पनीमध्ये सबैभन्दा बढी नोक्सानी अपर तामाकोशी हाइड्रोपावरको छ । गत आवमा कम्पनी रू. १ अर्ब ८७ करोड नोक्सानीमा रह्यो । अघिल्लो आवमा कम्पनी रू. ५ करोड ३४ लाख नोक्सानीमा थियो ।

यसरी हेर्दा कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । त्यसैगरी दोस्रोमा सामलिङ्ग पावर कम्पनी रू. ७ करोड २४ लाख नोक्सानीमा छ । यी कम्पनीमध्ये सबैभन्दा कम बलेफी हाइड्रोपावर कम्पनीको नोक्सानी रू. २ लाख ४३ हजार छ ।

घाटामा रहेका हाइड्रोपावरकाे सूची

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)