ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२९ कम्पनीको १० अर्बभन्दा बढीको आईपीओ निष्कासन हुँदै, तीन कम्पनीको आईपीओ बुक बिल्डिङमार्फत ल्याइँदै

२०७९ भदौ, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ ११, काठमाडौं । विभिन्न क्षेत्रका २९ कम्पनीहरू आईपीओ निष्कासन गर्ने तयारीमा छन् । आईपीओ निष्कासन गर्नका लागि तिनले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

कम्पनीहरूले बोर्डबाट निष्कासन अनुमति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । शुक्रवारसम्म २९ कम्पनीले कुल ७ करोड १९ लाख २८ हजार ७०५ कित्ता आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएका छन् । निवेदन दिएका २९ कम्पनीमध्ये अधिकांश जलविद्युत् कम्पनीहरू छन् । जलविद्युत् कम्पनी १६, इन्स्योरेन्स २, होटल तथा पर्यटन २, उत्पादन तथा प्रशोधन समूहका ३, लघुवित्त समूहका २, लगानी समूहको एक र उत्पादन तथा प्रशोधन समूहका ३ कम्पनी छन् । 

सेबोनमा निवेदन दिएका जलविद्युत् समूहका कम्पनीहरूमध्ये धेरैजसोले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । हाल नेप्सेमा ५६ ओटा जलविद्युत् कम्पनी सूचीकृत छन् । सूचीकत र सेबोनमा निवेदन दिएका एवं आईपीओ निष्कासन गरिरहेका जलविद्युत् कम्पनीको संख्यालाई हेर्दा चालू आवमै सूचीकृत जलविद्युत् कम्पनी ७० भन्दा बढी पुग्ने देखिन्छ । 

नेपाल धेरै जलविद्युत् कम्पनीहरू निर्माण चरणमा रहेकाले पनि आईपीओ निष्कासन गर्ने जलविद्युत् कम्पनीको संख्या धेरै देखिएका हो । त्यसैगरी पछिल्लो समय उत्पादन तथा प्रशोधन समूह र होटल तथा पर्यटन समूह लगायत वास्तविक क्षेत्रका कम्पनीले पनि आईपीओ निष्कासन गर्ने क्रम बढेको छ ।

चालू आर्थि वर्षको बजेटमा नेपाल सरकारले रू. १ अर्ब वा त्यसभन्दा बढी चुक्तापूँजी भएका र वार्षिक रू. ५ अर्बभन्दा बढी कारोबार हुने कम्पनीले अनिवार्य रूपमा शेयर निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कारण पनि पूँजी बजारमा यी क्षेत्रका कम्पनीहरू आईपीओ निष्कासन प्रक्रियामा जुटेका छन् । 

हालसम्ममा तीन उत्पादन तथा प्रशोधन समूहका कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका छन् । सर्वोत्तम सिमेण्ट, रिलायन्स स्पिनिङ मिल्स र घोराही सिमेन्टले बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका छन् ।

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । योग्य संस्थापकहरूले न्यूनतम रू. ५०१ देखि ७५१ दशमलव ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् ।

त्यसैगरी रिलायन्स स्पिनिङले पनि बुक बिल्डिङ प्रक्रिया मार्फत ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्यूनतम रू. ६०८ देखि ९१२ सम्म मूल्य तोकेर आवेदन दिन सक्नेछन् । त्यसैगरी घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बुक बिल्डिङ मार्फत निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

कुल कित्तामध्ये ३ लाख ९७ हजार १९० कित्ता स्थानीय बासिन्दाका लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता रू. ४०० र सर्वसाधारणका लागि प्रतिकित्ता रू. ४३५ (प्रिमियम सहित) निष्कासन गर्ने तयारी गरेको छ । 

बुक बिल्डिङ निर्देशिका अनुसार योग्य संस्थागत लगानीकर्ताहरूबाट कायम कट अफ प्राइसको १० प्रतिशत कममा सर्वसाधारणले शेयर पाउनेछन् । २९ कम्पनीमध्ये सबैभन्दा बढी सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।

त्यसैगरी सबैभन्दा कम कित्ता बीपीडब्लू लघुवित्तले ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)