ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घटेको बजारमा लगानीको अवसर : १९ वाणिज्य बैंकको पीई रेशियो १४.०८ गुणा

२०७९ भदौ, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ २६, काठमाडौं । एक वर्षअघि ३२ सय पुगेको नेप्से परिसूचक पछिल्लो समय २ हजार विन्दु मुनि झरेको छ ।

बजार घटेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य पनि निकै सस्तिएको छ । लगानीकर्ताका लागि यही समय लगानीको अवसर हुन सक्छ । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने सिजन शुरू हुन थालेको छ ।

त्यसैले यतिबेला विगतमा आकर्षक लाभांश दिएका कम्पनीहरूको शेयरमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने शेयर विश्लेषकहरू बताउँछन् । शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीको अधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाउनु लाभदायक हुन सक्छ । आधारभूत पक्षमध्ये एक महत्त्वपूर्ण सूचक (पीई रेशियो) मूल्य आम्दानी अनुपात पनि हो । 

पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो मानिन्छ । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकार बताउँछन् । सामान्यतय मूल्य आम्दानी अनुपात २० भन्दा कम रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ ।

पछिल्लो समय नेप्सेमा २६ मध्ये १९ वाणिज्य बैंकहरूको शेयर कारोबार हुँदै आएको छ । यस आधारमा १९ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात औसतमा १४ दशमलव शून्य ८ गुणा रहेको छ । १९ कम्पनीमध्ये सबैभन्दा कम मूल्य आम्दानी अनुपात सन्राइज बैंकको रहेको छ ।

यस बैंकको मूल्य आम्दानी अनुपात ९ दशमलव ५६ गुणा रहेको छ । त्यसैगरी दोस्रोमा प्रभु बैंकको १० दशमलव शून्य ४ गुणा रहेको छ । त्यसैगरी सबैभन्दा बढी मूल्य आम्दानी अनुपात नबिल बैंकको २८ दशमलव २७ गुणा रहेको छ । 

त्यसैगरी शेयर मूल्यका आधारमा सबैभन्दा कम शेयर मूल्य लक्ष्मी बैंकको प्रतिकित्ता रू. १९३ दशमलव ५ रहेको छ । त्यसैगरी दोस्रोमा सिटीजन्स बैंक इन्टरनेशनलको रू. १९४ रहेको छ । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको ट्रेण्ड हेरी यी लगायतका आधारभूत पक्ष राम्रोसँग केलाउन जरुरी हुन्छ । लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल प्राप्त लिने, अल्पकालीन लगानी गर्ने कि दीर्घकालीन लगानी गर्ने भन्ने यकिन हुनु जरुरी रहेको विश्लेषकहरू बताउँछन्  ।

आफूले कस्तो खालको लगानी गर्ने भन्ने यकिन भएपछि बजार घटेमा वा बढेमा हुने जोखिम, प्रतिफल र स्टपलसबारे स्पष्ट हुनु जरुरी छ । कसैको हल्ला, लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्न नहुने विश्लेषकहरूको भनाइ छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)