ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानीको अवसर : विकास बैंकको शेयरमूल्य एक वर्षयताकै न्यून विन्दु नजिक

२०७९ भदौ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ २७, काठमाडौं । पछिल्लो समय शेयर बजार घट्दो प्रवृत्तिमा रहेको छ ।  गत वर्षको भदौ २ गते नेप्से परिसूचक हाल सम्मकै उच्च विन्दु ३ हजार २०० पार गरेर अहिले १ हजार ९०० विन्दुको आसपासमा छ ।

यसरी नेप्से घटेर न्यून विन्दुमा आइपुग्दा कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंकहरूको शेयरमूल्य पनि गत वर्षको तुलनामा निकै सस्तिएको छ ।

राम्रो प्रतिफल दिने कम्पनीको शेयर खरीद गर्ने अवसर अहिले प्रशस्तरहेको जानकारहरू बताउँछन् । दीर्घकालीनलगानीगर्ने सोचमा भएका लगानीकर्ताले यो समयमा विगतमा राम्रो लाभांश दिँदै आएका कम्पनीहरूको शेयरमा लगानी गरी छोटो समयमा राम्रो प्रतिफलप्राप्त गर्न सक्ने लगानीकर्ता दिपक धामी बताउँछन् ।

यदि खरीदविक्री गर्ने हो भने कम पूँजी भएको कम्पनीमा लगानी गरेर बजार बढ्ने बित्तिकै बेचेर राम्रो प्रतिफल प्राप्त हुने धामीको भनाइ छ। लगानी गर्नुपूर्व बजारको प्रवृत्तिलाई विशेष ध्यान दिन जरुरी रहेको धामीले बताए । 

१६ओटा विकास बैंकमध्ये सबैभन्दाकम शेयर मूल्य सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता रू. २२४ रहेको छ । यस कम्पनीको शेयर मूल्य एक वर्षमा उच्च रू. ४९० सम्म पुगेको थियो भने न्यून रू. १७८ दशमलव १ सम्म पुगेको थियो ।

त्यसैगरी दोस्रोमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यप्रतिकित्ता रू. २२५ दशमलव ४ रहेको छ । यस कम्पनीको शेयर मूल्य एक वर्षमा उच्च रू. ५४३ सम्म पुगेको थियो भने न्यून रू. १९८ दशमलव ९ सम्म झरेको थियो । १६ कम्पनीहरूमध्ये सबैभन्दा बढी शेयर मूल्य मुक्तिनाथ विकास बैंकको रू.४२२ रहेको छ । 

पछिल्लो २ वर्षयता बजारमा कम पूँजी भएका कम्पनीहरूको शेयरमूल्य निकै नै बढेको देखिन्छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य एक वर्षमा उच्च रू. १ हजार ४५ दशमलव १ पुगेको थियो । 

कम्पनीको एक वर्षको न्यून मूल्य रू. २११ दशमलव ३ सम्म झरेको थियो । यस कम्पनीको चुक्तापूँजी रू. ५० करोड मात्र रहेको छ । यस कम्पनीले हालसम्म शेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेको छैन । यस कम्पनीको शेयरमूल्य बढ्नुको प्रमुख कारण कम पूँजीलाई लिइएको छ । पछिल्लो समय शेयर बजारमा कारोबारीहरूले नै कम पूँजीको भएका कम्पनीहरूको शेयर बढी खरीदविक्री गरेकै कारण शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए ।

अझ बजार ‘बुलिशट्रेण्ड’ मा रहेका बेला एउटा समूहले मिलेमतोमा कम पूँजी भएको कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढाएर सोझा लगानीकर्तालाई फसाउने गरेको कतिपयको बुझाइ छ । यस्ता विषयमा नियामक निकायको ध्यान नगएको पनि लगानीकर्ताको आरोप छ । कम्पनीले कुनै पनि आधिकारिक सूचना ननिकालेसम्म हल्लाको भरमा शेयर बजारमा लगानी गर्न नहुने अनुभवी लगानीकर्ता बताँछन् ।

लगानी गर्नुपूर्व आफूले दीर्घकालीन अथवा अल्पकालीन लगानी गर्ने भनी यकिन गरेपछि कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानीगर्दा प्रतिफल प्राप्त हुने विश्लेषकहरू बताउँछन् ।  

स्रोत : नेप्से 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)